Comments Add Comment

स्पेनमा रहेका नेपाली तेरिया मगरसँगै नाच्न पाउने

teriyaबार्सिलोना । डान्स ईन्डिया डान्स “लिटिल मास्टर” बिजेता नेपाली चेली तेरिया मगर स्पेन आउँने भएकी छन् । मगर संघ स्पेनले फेब्रुबरी १४ तारिक आईतबार साँस्कृतिक कार्यक्रममा सहभागी हुन उनी स्पेन आउन लागेकी हुन् ।

देश विदेशका कार्यक्रमहरुमा ब्यस्त बनेकी तेरियाले केहि दिन अघि बेल्जियमका नेपालीहरुलाई पनि नचाएकी थिईन् ।

मगर संघ स्पेनका उपाध्यक्ष राजु थापाले ढिलै भए पनि माघे सँक्रान्ति सहित बिशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमका संयोजक समेत रहेका थापाले भने,” तेरिया नेपाल कि प्रतिभा हुन्,उनको कलाले सबैको मन छोएर छ, युरोप आएको बेला यहाँका नेपालीहरुले पनि उनको कलालाई नजिकबाट बुझ्न पाउन् भन्नाका खातिर छोटो समयमा कार्यक्रमको तय गरेका हौ।”

तेरियाको साथमा सालैजु गायिका लाली बुढाथोकी र लोक गायक सुमन बुढामगरको पनि प्रस्तुति रहने संघले जनाएको छ । डीआईडी लिटिल मास्टर तेरियाको प्रस्तुत हेर्ने सुनौलौ अबसर रहेको भन्दै,कार्यक्रममा उपस्थित भई सफल बनाउँन संघले स्पेनबासी नेपालीहरुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment