Comments Add Comment

उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन सम्पन्न

beljiyamबेल्जियम । नेपाल उत्पीडित जातीय समाज (नोप्स) यूरोपको दोश्रो अधिवेशन बेल्जियममा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी हुने नेपालबाट वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान  बेल्जियमको आन्त्वारपेन शहर पुगेका थिए ।

समाजका अध्यक्ष रामबहादुुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा फलामे साङ्गलो -जञ्जीर) लाई कैचीले काट्दै प्रतिकात्मक रुपमा विभिन्न खाले विभेदको अन्त्य गर्ने उद्घोषका साथ समुद्घाटन गरिएको उद्घाटन सत्रमा मन्त्री पासवानले नेपालका उत्पीडित शोषित समुदायको हक, अधिकार र विभिन्न खाले उत्पीडिनको मुक्तिका लागि संसारभर छरिएर रहेका दलित समुदाय संगठित हुन आवश्यक रहेको वताउदै सम्मेलनमा शुुभकामना व्यक्त गरेका थिए ।

अधिवेशेनको उद्घाटन सत्रमा नेपाली दूतावासका प्रतिनीधि मिनिष्टर काउन्सुलर घनश्याम भण्डारी, ग्लोवल फोरम काष्ट डिस्त्रिmमिनेशन अमेरिकाका संयोजक धर्म विश्वकर्मा, नेपाली उत्पीडित जातीय समाजका वरिष्ठ सल्लाहकार अर्जुन सुनार, नेपाली जनप्रतिशील मोर्चा, यूरोपका विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका प्रेम पाठक, एनआरएन बेल्जियमका उपााध्यक्ष कृष्ण पौडेल, पत्रकार महासंघ यूरोप शाखाका केजिन राई, एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ्ग, नेपाली प्रवासी महिला मञ्च, बेल्जियमकी इशा गुरुङ्ग लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुले अधिवेशनको सफलताको कामना गरेका थिए ।

अधिवेशनमा कार्यक्रमको वन्द सत्रले हरिशचन्ऽ नेपालीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै अधिवेशनले तेजबहादुर नेपाली महासचिवमा चयन गरेको छ ।

ज्ञानबहादुर वि.कलाई  बरिष्ठ उपाध्यक्ष चयन गरेको बन्द सत्रले  दुई उपाध्यक्षहरुमा क्रमश धनबहादुर नेपाली र  डिलबहादुर नेपाली छन् । त्यस्तै दुई सचिवहरुमा  राजेश विश्वकर्मा र ललित परियार रहदा , निर्मला परियार कोषाध्यक्ष चसनिएकी छिन् ।  सदस्यहरुमा गमबहादुर वि.क., उदय नेपाली, मनसुवा परियार, सुम विश्वकर्मा , प्रेमलाल नेपाली,चित्रबहादुर वि.क., धनश्याम वि.क. रहेका छन् ।

उक्त सम्मेलन पश्चात् नवनिर्वाचित महासचिव तेजबहादुर नेपालीद्धारा जारी प्रेश विज्ञप्तीमा २ वुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ ।  जसमा विश्वभरि छरिएर रहेका उत्पीडित जातीहरुलाई उत्पीडनका विरुद्ध एकजुट हुन ग्लोवल फोरमको स्थापनाको लागि नवनिवार्वाचित अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन गरेको छ ।

दोश्रो बुुँदामा नेपालमा हुने सवै खाले विभेदका विरुद्ध एकीकृत नयाँ लडाईँको उद्घोष गर्दै उत्पीडित तथा दलितहरुको आत्मस्वभिमानी नेतृत्व तयार गर्ने नोप्स यूरोपले प्रारम्भ गर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment