Comments Add Comment

नन्दिता, शुभेच्छा र विनिताको भिडन्त, ४ चलचित्र चल्दा निर्मातालाई कती फाइदा ?

bindash-3
शुक्रवार चार स्वदेशी र तीन वदेशी गरी सात सिनेमा रिलिज भएका छन् । यति धेरै सिनेमा एउटै मितिमा रिलिज हुँदा निर्माताहरुमा आम्दानी बाँडिने सम्भावना बढेको छ ।

स्वदेशी सिनेमा ‘सुपरहिट, कैफियत, कसैलाई नभन्नु ल र बिन्दास-३’ रिलिज भएका हुन् । त्यस्तै हलिउड सिनेमा ‘द फाईनेस्ट आवर्स, बलिउड सिनेमा घायल वन्स अगेन र सनम तेरी कसम’ पनि आजैदेखि रिलिज हुने भएको छ ।

बिनिता बराल अभिनित ‘सुपरहिट’ बाहेक अन्य सिनेमाले मल्टिप्लेक्समा प्रदर्शनको अवसर पाएका छैनन् । नीरञ्जन र सौरभ ढकालको निर्देशन रहेको सुपरहिटमा विनिता र सुदाम सिकेको मुख्य भुमिका छ ।

नन्दिता केसी र शंकर शाही ठकुरीको मुख्य भुमिका रहेको ‘कैफियत’मा दशरथ गिरीको निर्देशन छ । राजु गिरीको निर्देशन रहेको ‘बिन्दास-३’ मा शुभेच्छा थापा, अशोक फुयाँल र मनिष कार्कीको अभिनय छ । त्यस्तै मन्दिप राणाको ‘कसैलाई नभन्नु ल’ मा दिनेश शर्मा, देशभक्त खनाल, आयुष्मा कार्की लगायतको अभिनय छ ।binitabaral
क्रेग ग्लिसपाईको निर्देशन रहेको ‘द फाईनेन्स आवर्स’ले जहाज दुर्घटना र मानवीय संवेदनाको कथालाई उठान गरेको छ । यो चलचित्रमा क्रिस पाईन र केइसी एफलेकको अभिनय छ ।
त्यस्तै हिन्दी चलचित्र ‘घायल वन्स अगेन’मा सन्नी देओल, ओम पुरी, शिबम पाटिल, सोहा अलि खान लगायतका कलाकारको अभिनय छ ।

अर्को चलचित्र ‘सनम तेरी कसम’मा हर्षबर्धन रानी र मार्वा होकिनीको मुख्य भुमिका छ । यसको निर्देशन राधिका राव र बिनय सपुरले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment