Comments Add Comment

शरीरकै कारण आलोचित परिणिती भन्छिन्-‘ज्यानले होइन, दिमागले फिल्म’

pariniti-chopra
एक वर्षदेखि पर्दाबाट गायब भएकी नायिका परिणीति चोपडाले वजन घटाएको समाचारले मिडियामा राम्रै स्थान पायो ।

एउटा उद्घाटन कार्यक्रममा भेटिएकी परिणितीलाई संवाददाताले प्रश्न गरे-‘के तपाईले आफ्नो मोटो शरीरकै कारण चलचित्र नपाउनु भएको हो ?’ प्रश्नको जवाफ दिंदै उनले भनिन्- ‘चलचित्र वजनले हैन क्षमताले पाईन्छ ।’

सन् २०१२ मा आएको ‘लेडिज भर्सेस रिकी बहल’वाट आफ्नो करिअर सुरु गरेकी परिणितीले अभिनय गरेर त राम्रै जस पाएकी थिइन् तर, मोटो ज्यानको कारण आलोचना समेत खेप्नु पर्‍यो ।

सन् २०१४ मा उनले ‘दावत ए-इश्क’ र ‘किल-दिल’ मा अभिनय गरिन् । ती चलचित्रले बक्स अफिसमा कुनै प्रभाव पार्न सकेन । त्यसको ठिक ११ महिनापछि उनी ट्विटरमा भिन्न लुक्समा प्रस्तुत भइन् ।

शरीर स्लिम बनाउन निकै मेहनत गर्नुपरेको उनको भनाई थियो । ‘जो खानपीनमा सौखिन छ उसका लागि ज्यान घटाउन सजिलो छैन ।’ उनले भनिन् ।

उनले पनि सुरुका केही दिन त खानाकै वारेमा सोचेर बिताईन् । अहिले भने उनले खानपीनको वारेमा सोच्न छाडेकी छिन् । पहिला भन्दा स्वस्थ भएको महसुस पनि गर्न थालेको बताईन् ।

धुम-४ को नाम नलिईकनै उनले एउटा राम्रो फिल्ममा काम गर्न लागेको जानाकारी दिईन् । ‘केही समय पछि म औपचारिक रुपमै घोषणा गर्छु म एउटा राम्रो फिल्ममा काम गर्दै छु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment