Comments Add Comment

फेसबुकमा हरेक एक मिनेटमा के-के हुन्छ ? जानौँ केही केही रोचक तथ्य

facebook

यो बिहीबार अर्थात् फेब्रुअरी ४ मा फेसबुकले आफ्नो १२ औँ जन्मदिन मनाएको छ । झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक अहिले दुनियाका आधाजसो इन्टरनेट प्रयोगकर्ताले चलाउने सोसल साइट हो । फेसबुकमा हरेक पल निकै मूल्यवान हुने गरेको छ ।

हरेक मिनेटमा फेसबुकमा ५ सय नयाँ प्रयोगकर्ता जोडिन्छन् । एक मिनेटको बीचमै फेसबुकको कमाइ झण्डै ८ लाख रुपैयाँ सम्मले बढ्ने गर्छ ।

फेसबुकमा हरेक एक मिनेटमा के के हुन्छ त ? केही रोचक अन्य तथ्य यस्ता छन्:

  • हरेक १ मिनेटमा फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा १ लाख भन्दा बढी फ्रेण्ड रिक्वेस्ट पठाइरहेका हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा झण्डै ५ सय नयाँ प्रयोगकर्ता थपिइरहेका हुन्छन् ।
  • फेसबुकमा हरेक मिनेटमा ३६ हजार ८ सय जना प्रयोगकर्ता सक्रिय रहेका हुन्छन् ।
  • फेसबुकमा हरेक १ मिनेटमा ३५ लाख वटा सामाग्री पोष्ट हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा ३ लाख वटा स्टाटस अपडेट भैरहेका हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा ६ लाख कमेण्ट पोष्ट हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा ३ लाख फोटो अपलोड हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा झण्डै ४० लाख लाइक्स गरिन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा २ लाख मेसेज पठाइन्छ ।
  • फेसबुकमा हरेक एक मिनेटमा ५० हजार वेबलिंक शेयर गरिन्छ ।
  • फेसबुकमा हरेक एक मिनेटमा १ लाख घण्टा लामो भिडियो हेरिएको हुन्छ ।
  • फेसबुकमा हरेक एक मिनेटमा ७५ हजार इभेन्ट इन्भाइट्स अर्थात् निम्तोहरु पोष्ट भएका हुन्छन् ।
  • फेसबुकमा हरेक एक मिनेटमा १४ हजार एप्स इन्स्टल हुन्छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment