Comments Add Comment

भूवनको नजरमा रेखा, नम्रता, प्रियंका उत्कृष्ट नायिका, अनमोल उत्कृष्ट नायक

bhuwan kc with actress
करिष्मा मानन्धरसँग धेरै चलचित्रमा स्त्रिmन शेयर गरेका छन् नायक एवं निर्देशक भूवन केसीले । करिश्मा र भूवनको जोडीलाई एक समय नेपाली दर्शकले रुचाउथ्य पनि । करिश्मासँग दर्जन बढी चलचित्रमा काम गरेका भूवनले उत्कृष्ट पाँच नायिकाको सूचीमा उनलाई भने राखेनन् ।

अनलाइनखबरसँगको कुराकानीमा उत्कृष्ट पाँच नायिकाबारे केसीले पुराना पुस्ताकी तृप्ती नाडकर र गौरी मल्लको नाम लिए भने नयाँ पुस्ताका नम्रता श्रेष्ठ र प्रियंका कार्कीको अभिनयवाट प्रभावित भएको बताए ।

भूवनले तृप्तीसँगै थुप्रै हिट चलचित्र दिएका छन् भने श्रेष्ठ र कार्कीसँग काम गरेका छैनन् । ‘साथी म तिम्रो’मा सँगै काम गरेकी रेखा थापालाई पनि उनले उत्कृष्ट पाँच भित्रै राखेका छन् ।

शिब श्रेष्ठ र राजेश हमाललाई उत्कृष्ट नायक मान्ने भूवनले दयाहाङ राई र आर्यन सिग्देलको अभिनयवाट प्रभावित भएको कुरा गरे । नयाँ पुस्तामा भने आफ्नै छोरा अनमोल केसी बेजोड लाग्दो रहेछ उनलाई । राजेश हमाल र भूवन केसीको बोलचाल नै बन्द भएको गसिपले चलचित्र बजार तताउँदा उनले भने हमाललाई उत्कृष्ट भनेका छन् ।

नयाँ पुस्ताका निर्देशक निश्चल बस्नेतवाट प्रभावित केसीले सुदर्शन थापाको पनि प्रसंसा गरे । पुराना निर्देशकमा किशोर राना र स्वर्गीय शिब रेग्मीको क्षमतावाट प्रभावित रहेछन् उनी ।

पाँच त भनेँ तर ४० छुट्यो
आफूले काम गरेको मध्ये उत्कृष्ट पाँच चलचित्रको नाम भन्न उनलाई केही समय लाग्यो । ‘कुसुमे रुमाल, सम्झना, कन्यादान, नेपाली बाबु र म तिमी बिना मरिहाल्छु’ गरि पाँच चलचित्रको नाम भनेपछि फेरि बोले-‘उत्कृष्ट ५ त भने, तर ४० वटा चलचित्रको नाम छुट्यो ।

आफूले काम गरेको कुनै पनि चलचित्रका निर्माताले घाटा नखाएको दाबी गर्छन् उनी । अभिनय एवं निर्माणमा सक्रिय केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ फागुन २१ गतेबाट प्रदर्शन हुने भएको छ । यस चलचित्रमा अनमोल केसी, साम्राज्ञी राज्यलाक्ष्मी शाह र सन्ध्या केसीले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment