Comments Add Comment

पेट्रोल चोर्दाचोर्दै मायाराम पम्पका ३ कर्मचारी पक्राऊ, तेल वितरण रोकियो

pump२२ माघ, काठमाडौं । पेट्रोल पम्पबाट तेल चोरी गर्दागर्दै त्रिपुरेश्वरको एक पम्पबाट ३ जना कर्मचारी पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पम्पमा कार्यरत कर्मचारीहरु पेट्रोल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले पम्पमै कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर लगेपछि पम्पमा पेट्रोल वितरण हुन सकेको छैन । पम्पमा झण्डै ४ सय मोटरसाइकल तेल भर्न लाइनमा छन् ।

शुक्रबार ३१ देखि ४५ नम्बर लटका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्न आयल निगमले पम्पलाई ६ हजार लिटर पेट्रोल दिएको छ ।

बिहान छिटो तेल वितरण थाल्न सकियोस् भनेर निगमले वितरण गर्ने दिनभन्दा अघिल्लै दिनमा तेल दिने गरेको छ । त्यसैअनुसार बिहीबार नै थानकोट डिपोबाट पम्पमा तेल ल्याइएको थियो ।

चाेरीकाे अाराेपमा पम्पको व्यवस्थापक कृष्ण थापा, क्यासियर लोकबहादुर थापा र सेक्युरेटी गार्ड शिबबहादुर थापा पक्राउ परेका हुन् ।

उनीहरु पहिलेदेखि नै पम्पमा आएको तेल चोरी गरेर काललो बजारियालाई बेच्ने काममा संलग्न भएको हुनसक्ने काठमाडौं प्रहरी परिसरका प्रहरी उपीरीक्षक विश्व पोखरेलले बताए ।

‘पम्पकै कर्मचारीको मिलोमतोमा तेल चोरी हुनु गम्भिर घटना हो । अब अन्य पम्पमा पनि निग्रानी बढाउँछौ’ उनले भने ।

तले चोरी गर्नेहरुले कहाँ-कहाँ बेचे भन्ने बारे पनि प्रहरीले अनुसन्धान गर्ने एसपी पोखरेलले बताए ।

रातिको समयमा पेट्रोल पम्पबाट पेट्रोल झिकेर बाहिर लैजान लाग्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरु माथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुको नाम भने सार्बजनिक भएको छैन ।

pump2एक सय लिटर ग्यालीनमा भरिएको पेट्रोलसहित उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले झण्डै २ हजार लिटर पेट्रोल चोरेर बिक्री गरेको प्रहरीको अनुमान छ ।

प्रहरीले आफूले आदेश नदिएसम्म तेल वितरण नगर्न भनेकाले तेल वितरण गर्न नसकेको पम्प सञ्चालकले बताएका छन् ।

लाइनमा बसेका उपभोक्ताले भने पम्पमा रहेको ४ हजार लिटर तेलले लाइनमा बसेका मोटरसाइकललाई पर्याप्त पुग्ने भन्दै वितरणको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment