Comments Add Comment

सेभिल्ला कोपा डेल रेको फाइनल नजिक

Kevin Gameiro२२ माघ, काठमाडौं । सेमिफाइनलको पहिलो लेगमा सेल्टा भियोलाई पराजित गरेपछि सेभिल्लाले बार्सिलोनासँग स्पेनिस कोपा डेल रे फुटबल फाइनल खेल्ने सम्भावना बढेको छ ।

भ्यालेन्सियालाई ७-० गोल अन्तरले पराजित गरेपछि बार्सिलोना लगभग फाइनलमा पुगिसकेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लाले सेल्टिाभियो४-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले पहिलो हाफको अन्तिम मिनेटमा आदिल रामीको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा तीन गोल गर्‍यो । केभिन गमेइरोले दुई गोल गरे भने क्रोहन देहलीले एक गोल गरे ।
सेमिफाइनलको दोस्रो लेग अर्को साता हुनेछ । भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ भने सेभिल्ला सेल्टाभिगोको घरेलु मैदानमा जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment