Comments Add Comment

देश छुट्याउने खेल नखेल्न धुर्मुसको यस्तो आग्रह(भिडियो)

dhurmus
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । उनै धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम ‘सजग’मा समावेश भएको ‘मेरो देश इन्द्रेणी’ बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् ।

टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ ।

गीतमा आफ्नो वास्तविक भावना जोडिएको भन्दै उनले आफूले अभिनय तथा निर्देशन पनि गरेको बताए ।  गीतमा स्वरुपराज आचार्यको स्वर, बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस-सुन्तलीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment