Comments Add Comment

‘नेभिलले माफी माग्दै राजीनामा दिनुपर्छ’

Gary Neville२२ माघ, काठमाडौं । ग्यारी नेभिलले बार्सिलोनासँगको हारमा माफी मागेर भ्यालेन्सियाको प्रशिक्षकबाट राजीनामा दिनु पर्ने पूर्व गोलकिपर सान्टिआयो कानिजाजले बताएका छन् ।

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियाले बार्सिलोनालसँग ७-० को लज्जास्पद हार व्यहोरेको थियो । म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान नेभिलले यो हारलाई आफ्नो खराब अनुभव मध्येको एक भनेका छन्  । तर, पूर्व गोलकिपर कानिजाजले भने नेभिल इमान्दार हो भने माफी मागेर राजीनामा दिनु पर्ने बताए ।

डिसेम्बरमा प्रशिक्षक बनेका नेभिलको प्रशिक्षणमा भ्यालेन्सियाले लिगमा ८ खेल खेलेको छ । तर, अहिलेसम्म जित हात पार्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment