Comments Add Comment

विपन्न तथा जहेन्दार विद्यार्थीलाई आइएमईको छात्रबृत्ति

ime-scholorship
२२ माघ, चितवन । आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकले संयुक्त रुपमा  चितवनमा छात्रबृत्ति वितरण गरेका छन् ।

चितवनको कालिका नगरपालिका-५, जुटपानीस्थित निम्न माध्यमिक विद्यालयको छात्रा पूणिर्मा लामा र रत्ननगर नगरपालिका-१५, माधवपुर स्थित विन्ध्येश्वरी निम्न माध्यमिक विद्यालयका हरिलाल चेपाङलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

दुई संस्थाले संयुक्त रुपमा स्थापना गरेको छात्रवृत्ति कोषले लामा र चेपाङलाई १०/१० हजार रुपैयाँ प्रदान गरेको हो ।  कार्यक्रममा आइएमई लिमिटेड नारायणी अञ्चल प्रमुख सुरज पौडेल, ग्लोबल आइएमई बैंक नारायणगढ शाखा प्रमुख प्रकाश वस्ती लगायतले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आइएमई लिमिटेडले देशभरका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १० लाख रुपैयाँको कोष स्थापना गरेर १ सय जनाको लागि छात्रबृत्ति वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment