Comments Add Comment

१२ औं सागः महिला फुटबलमा नेपालको बिजयी सुरुवात

SAG-1२२ माघ, काठमाडौं । १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपालले बिजयी सुरुवात गरेको छ ।

सिलोङस्थित जवाहरलाल नेअरु फुटबल रंगशालामा आज सम्पन्न पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको चुनौती ३-० गोलले समाप्त पार्‍यो ।

नेपालका लागि दीपा अधिकारीले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेकी थिईन ।

१७ औं मिनेटमा अर्की स्ट्राइकर अनु लामाले नेपाललाई दोहोरो अग्रता दिलाईन ।

खेलको अन्त्यतिर नेपालले अग्रता तेब्बर पार्‍यो । अन्तिम मिनेटमा निरु थापाले गोल गर्दै नेपाललाई तीन शून्य गोलको जित सुनिश्चित गराईन ।

प्रतियोगिताको लागि नेपाली टोली हिजो राति अवेर मात्रै सिलोङ पुगेको थियो । अन्तिम समयमा अफगानिस्तानले प्रतियोगिता नखेल्ने भएपछि परिवर्तन भएको खेलतालिकाबारे एन्फाललाई ढिलामात्र जानकारी भएका कारण नेपाली टोली सिलोङ पुग्न ढिला भएको बताइएको छ ।

राउण्ड रोविन प्रणाली अनुसार खेलाइएको प्रतियोगितामा नेपालले दोस्रो खेल माल्दिभ्स बिरुद्ध माघ २४ गते खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment