Comments Add Comment

रणदीप हुड्डा बने कैदी, १८ केजी घटाएपछि यस्तो देखिए

randip-hudda‘मेरी कोम’ निर्देशक उमंग कुमार अहिले नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन अहिले भारतको पञ्जावमा भैरहेको छ । यो चलचित्रमा नायिका ऐश्वर्या राय र ऋचा चड्डा मुख्य भूमिकामा छन् ।

पाकिस्तानी कैदी सर्वजित सिंहको जीवनमा तयार भैरहेको चलचित्रमा रणदीप हुड्डा मुख्य भूमिकामा छन् । ऐश्वर्या र ऋचाले चलचित्रमा मुख्य पात्रको श्रीमतीको भूमिका निर्वाहा गरिरहेका छन् ।

गल्तीका कारण भारतीय जेलमा कैद भएका सर्वजितको जीवनीमा तयार भैरहेको यो चलचित्रका मुख्य नायक रणदीपको लुक्स बाहिरिएको छ ।

निर्देशक उमंग कुमारका कारण नायक हुड्डाले आफ्नो शरीरको तौल पनि घटाएका छन् । निर्देशकले रणदीपलाई सर्वजित जस्तै देखाउनका लागि कडा मिहिनेत गराएका छन् । रणदीपले २८ दिनमा १८ केजी तौल घटाएको निर्देशकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment