Comments Add Comment

नाई नभन्नुका निर्देशकलाई प्रश्नः ‘के चलचित्र चलाउन दर्शक रुवाउनै पर्छ’ ?

priyanka-bikash-and-anuvab
‘चलचित्र चलाउनका लागि दर्शक रुवाउनै पर्छ भन्ने छैन, मुख्य कुरा दर्शकलाई मनोरञ्जन दिने हो,- चलचित्र चलाउनका लागि दर्शकलाई रुवाउनै  पर्छ त भन्ने प्रश्नमा ‘नाई नभन्नु ल’को ४ वटा भाग बनाइसकेका निर्देशक विकास आचार्यले भने ।

उनले बनाएका हरेक चलचित्रमा दर्शक रोएकै छन् । झन्, ‘नाई नभन्नु ल’का हरेक सिक्वेलमा त उनले दर्शक रुवाएरै पैसा छापेका छन् । उनले भने-‘चलचित्रमा हरेक पक्षलाई ध्यान दिन जरुरी छ । अब, मैले दर्शक रुवाउछु भन्ने कसैले सोच्छ भने म केही पनि भन्न सक्दिन ।’

‘नाई नभन्नु ल २’मा निर्देशक आचार्यले ८ बर्षका बालबालिकाविचको प्रेम देखाएका छन् । यो बिषयमा उनले भने-‘ प्रेम हरेक वर्गका मानिसमा हुन्छ । मैले यो चलचित्रमा बालबालिका र यूवाले गर्ने प्रेमको तरिकालाई फरक देखाएको छ । केटाकेटीमा पनि आत्मियता हुन्छ । फेरि, यस्तो देखाउने म पहिलो व्यक्ति होइन । ‘मधु मालती’को कथामा पनि बालबालिकाको प्रेमलाई देखाइएको छ ।’

निर्देशक आचार्यले दर्शकले मन पराइन्जेलसम्म अन्य चलचित्र नै नबनाउने बताए । उनले भने-‘नाई नभन्नु ल को सिक्वेल दर्शकले मन पराएसम्म बन्छ । अनी, चैत्रको अन्तिम  साता यो चलचित्र चल्छ ।’
‘नाई नभन्नु ल ४’मा आफूले दर्शकलाई हसाँउने कथा बुनेको निर्देशक आचार्यको भनाई छ ।

यसपटक कलाकार कमजोर भए भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले त्यो चलचित्र हेरेपछि मात्र थाहा हुने बताए ।

चैत्र २६ गते नायिका रेखा थापा, छविराज ओझाको चलचित्र रिलिज हुने भएपनि विकास यसलाई प्रतिस्पर्धा मान्दैनन् । जुन चलचित्रमा समय र पैसा खर्च गर्ने दर्शक सन्तुष्ट हुन्छन्, त्यही चलचित्रले नै कमाउने विकासको भनाई छ । उनले आफ्नो चलचित्र ‘नाई नभन्नु ल ३’लाई गतबर्ष निर्माता छविराज ओझाको चलचित्रले भन्दापनि भूँइचालोले असर पुर्‍याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment