Comments Add Comment

भारतको विश्वकप टीममा रहाणे परे, मनिष आउट

Manish-Pandey

२२ माघ, काठमाडौं । आसन्न वर्ल्ड टी-२० र एशिया कपका लागि भारतीय क्रिकेट टीमको घोषणा भएको छ ।

अजिन्क्या रहाणे र मनिष पाण्डे मध्ये चयनकर्ता र कप्तानको छनोटमा रहाणे परेका छन् । पाण्डेले टीममा स्थान बनाउन सकेनन् ।

टीममा पवन नेगी पनि परेका छन् । उत्कृष्ट टीम छनोट गरिएको र यो टीमले विश्वकप जित्ने प्रमुख चयनकर्ता सन्दिप पाटिलले दाबी गरे ।

भारतीय टीममा कप्तान महेन्द्र सिंह धोनीसँगै रोहित शर्मा, शिखर धवन, विराट कोहली, सुरेश रैना, युवराज सिंह, रविन्द्र जडेजा हार्दिर्क पड्या, आर अश्विन छन् । यस्तै जसप्रीत बुमराह, आशीष नेहरा, रहाणे, हरभजन सिंह, मोहम्मद साशी र नेगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment