Comments Add Comment

नेपाल बंगलादेशसँग पराजित, इतिहास रच्ने मौका गुमायो

Nepal-Cricket-team-2

२२ माघ, काठमाडौं । बंगलादेशसँग ६ विकेटको हार व्यहोर्दै नेपाल यू-१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

नेपालले अन्तिम १० ओभरमा आफ्नो लय गुमाउँदा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको छ ।

२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई नेपाली बलरहरुले सुरुवाटै दबावमा राखेको थियो । तर, जाकिर र महेदी हसनले शतकीय साझेदारी गर्दै बंगलादेशलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएका छन् ।

हसनद्वयको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । जाकिर ७५ र मेहदी ५५ रनमा अविजित रहे ।

राजु रिजालको कप्तानी पारी 

यसअघि शेर ए बंगला क्रिकेट मैदान मिरपुरमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रनको योगफल बनायो ।

नेपालका लागि कप्तान राजु रिजालले सर्बाधिक ७२ रन जोडेका थिए । ८० बल खेलेर रिजालले ८ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनर सुनिल धमलाले २५ रन बनाए ।

६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।

उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । नोवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिए ।

३४ औं ओभरको अन्तिम बलमा कप्तान राजु रिजाल पाँचौं विकेटको रुपमा पेविलियन फर्केपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसयता नेपालले १६ ओभरमा ६७ रनमात्र जोडेको थियो ।

नवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिए ।

नेपालका लागि उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । चार व्याट्सम्यान रनआउटको शिकार भएका थिए । ओपनर सुनिल धमला, कप्तान राजु रिजाल, कुशल भुर्तेल र सुशील कँडेल रनआउट भएका थिए ।

बंगलादेश बिरुद्धको खेलमा ओपनर सन्दिप सुनार र योगेन्द्रसिंह कार्कीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुनारले ७ र कार्कीले १ रनमात्र बनाएका थिए ।

बलिङतर्फ बंगलादेशका लागि मोहम्मद साइफुद्धिनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment