Comments Add Comment

फागुनदेखि पर्यटकलाई विमानस्थलमै टेलिकमको निःशुल्क सिमकार्ड

NTC-Logo२२ माघ, काठमाडौं । हवाई मार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकले टेलिकमको निःशुल्क सिमकार्ड पाउने भएका छन् । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय विमानस्थल प्रांगणमै फागुन ७ गतेदेखि निःशुल्क सिम उपलब्ध गराउने हो ।

नेपालको पर्यटन विकास तथा कम्पनीको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले निःशुल्क सिमकार्ड उपलब्ध गराउन लागेको टेलिकमा प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । यसले टेलिकमको व्यापार प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

पर्यटकलाई वितरण गरिने सिमकार्डमा ५० रुपैयाँ बराबरको टक भ्यालु हुने बताइएको छ । यो व्यवस्था भएपछि नेपाल भित्रिने पर्यटकलाई धेरै सजिलो हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment