Comments Add Comment

सागमा फुटवल प्रशिक्षकको एक्रिडिएसन कार्ड नै छैन !

Raju-Shakya२२ माघ, काठमाडौं । भारतको सिलोङ र गुवहाटीमा आजदेखि सुरु भएको १२ औं दक्षिण एशियाली खेलकुदमा प्रतियोगिता व्यवस्थापनमा निक्कै कमजेरी भएको पाइएको छ ।

आज दिउँसो भएको साग गेम्स उद्घाटन समारोहमा व्यवस्थापनको यही लापरबाहीका कारण नेपाली पुरुष फुटवल टोलीले सहभागिता जनाउन पाएन ।

नेपाली पुरुष फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्य र व्यवस्थापक बिराटजंग शाहीको एक्रिडिएसन कार्ड नभएका कारण पुरुष फुटबल टोलीले सहभागिता जनाउन पाएन

पुरुष फुटबलतर्फ प्रतियोगिताको समुह बी मा रहेको नेपालले माघ २४ गते पहिलो खेलमा भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment