Comments Add Comment

दीपिका रणवीर फेरि एक साथ

ranbir-deepika

मुम्बई । दीपिका पादुकोण र रणवीर कपुरको ब्रेकअप हुादा कतिपय दर्शक समेत निराश भएका थिए । पछिल्लो समय उनीहरुविचको मित्रवत ब्यबहार भने प्रसंसा गर्न लागक बनेको छ ।

अहिले कट्रिनासँग सम्बन्ध बिग्रेपछि रणवीर एक्लो छन् भने दीपिकालाई रणबीर सिंहले साथ दिएका छन् । तर, फिल्ममा भने फेरि रणबीर कपुर र दीपिकाले स्त्रिmन शेयर गर्ने भएका छन् ।

निर्देशक साजिद नाडियावालाले रणबीर र दीपिकालाई लिएर फिल्म बनाउने निर्णय गरेका छन् । यसअघि दीपिका र रणबीरले ‘तमाशा’ मा काम गरेका थिए ।

उक्त फिल्मले बक्स अफिसमा राम्रो प्रभाव देखाउन सकेन । तर, पनि उनीहरुको केमेष्ट्रीको चर्चा सकारात्मक थियो । साजिदले दीपिका र रणबीर दुबैलाई फिल्मको कथा सुनाईसकेका छन् । उनीहरुले पनि फिल्मको कथा राम्रो लागेको प्रतिक्रिया दिएको केही भारतीय मिडियाले उल्लेख गरेको छ ।

उनीहरुले संगै काम गरे भने रणबीर दीपिकाको यो चौथो फिल्म हुने छ । यसअघि उनीहरुले बचना ए हसीनो, ये जवानी है दीवानी र तामाशामा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment