+
+

आमाको मोटोपनले गर्भको बच्चामा हुन्छ गम्भीर समस्या

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २२ गते २१:३८

peg

मधुमेह तथा अधिक वजन भएका महिलाहरुलाई केवल गर्भावस्थामा समस्या आउने मात्र होइन हुनेवाला बच्चामा पनि निकै नकारात्मक असर पुगिरहेको हुन्छ ।

एक नयाँ शोध अनुसार जो महिलाहरु मोटोपना तथा मधुमेहबाट ग्रसित भएका हुन्छन् उनीहरुको बच्चामा अटिजम रोग हुने जोखिम हुन्छ । बच्चामा जन्मनुभन्दा पहिले नै यो समस्याबाट ग्रस्त हुने जोखिम रहने शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।

अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले यस्तो अध्ययन गरेका हुन् । मुख्य शोधकर्ता जियोबिन ब्यांग भन्छन् ः हामीलाई थाहा भएकै कुरा हो की मोटोपना तथा मधुमेह जस्ता समस्याहरु गर्भवती महिलाका लागि राम्रो होइन ।

तर यो शोधबाट अर्को कुरा पनि पत्ता लागेको छ की मधुमेह तथा मोटोपना भएका महिलाको गर्भमा रहने बच्चाको स्नायु प्रणालीको विकाश पनि दीर्घकालीन रुपमा ्रभावित हुन्छ ।

शोधकर्ताहरुले सन् १९८८ देखि २०१४ को बीचमा २७३४ जना महिला तथा उनीहरुबाट जनिमएका बच्चाहरुमा अध्ययन गरेका थिए । शोधका क्रममा त्यसमध्ये करीब १ सय जना बच्चामा अटिजम स्पेक्ट्रमको समस्या देखा परेको थियो ।

शोधकर्ताका अनुसार बच्चामा अटिजम हुने खतरा भ्रुणको निर्माण हुँदाबाटै सुरु हुन्छ । सामान्य वजन तथा स्वस्थ महिलाको तुलनामा जो महिलामा मोटोपना तथा सुगर दुबै समस्या हुन्छ त्यस्ता महिलाबाट जन्मिने बच्चामा अटिजम हुने खतरा ४ गुणा बढि हुन्छ । यो सम्बन्धी शो पेडियाटि्रक्स जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?