Comments Add Comment

साग खेलकुदको प्रचार नेताको नाममा

२३ माघ, काठमाडौं । भारतको गुवाहाटीमा शुक्रबारदखि सुरु भएको दक्षिण एसियाली खेलकुद सागको १२ औं संस्करणको प्रचारप्रसारमा अन्तर्राष्ट्रिय प्रचलनविपरीत वरिष्ठ नेताहरुको फोटो राखेर गरिएको छ ।

sridika-singhसहरका विभिन्न स्थानमा राखिएको होर्डिङबोर्ड र फ्लेक्सहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो देखिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै, आसामका मुख्यमन्त्री तरुण गोगी, आयोजक प्रमुख सर्वानन्द सोनोवल, भारतीय ओलम्पिक कमिटीका अध्यक्ष आर रामचन्दन र महासचिव राजीव मेहेताको फोटो भएका होर्डिङबोर्ड र फ्ल्याक्स राखिएका छन् ।

तीनपटकको स्थगनपछि भारतले गुवाहाटी र सिलोङमा सागको आयोजना गरेको हो । प्रतियोगिता सम्पन्न गर्न केन्द्र सरकारले ५० करोड बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment