Comments Add Comment

भियतनामी युवतीको राहदानीमा अर्कै यात्रु उडेपछि…

TIA Airport (7)२३ माघ, काठमाडौं । भियतनाकी एक युवतीको राहदानी प्रयोग गरी त्रिभुवन विमानस्थलबाट अर्के व्यक्ति उडेकी छिन् । भियतनामकी नागरिक ले थि किमतुको राहदानीमा उडेको व्यक्ति को थियो भन्ने बारेमा विमानस्थल अध्यागमन कार्यालय र प्रहरी बेखबर रहेको आजको अन्नपूर्णमा समाचार छ ।

पुस २७ गते भियतनामी युवतीका नाममा अर्के व्यक्ति उडेको थाहा पाएपछि विमानस्थल प्रहरी, अध्यागमनका कर्मचारी र थाइ एयरका कर्मचारी तनावमा रहेको स्रोतले बताएको छ ।

किमतुको बी २४५५५७९ नम्बरको राहदानीबाट अर्के व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

त्यसैगरी अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने थाइ एयरका कर्मचारीले समेत सेटिङ गरेको आशंका गरिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment