Comments Add Comment

सेयर बजार सूचक ऐतिहासिक अंकमा

२३ माघ, काठमाडौं । यो साता सेयर बजार सूचकांक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १२ सय ५१.४२ अंकमा पुगेको छ ।

Nepseयसअघि गत भदौमा नेप्से सूचक १२०८ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो भने त्यसअघि २०६५ भदौ १५ गते ११७५ अंकको थियो ।बितेका केही सातायता नेप्सेले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ ।

साताभरमा सूचक ३०.७२ अंकले अंकले बढेको हो । साताभरमा नेपाल स्टक एक्सचेन्जमा १ सय २८ कम्पनी ४४ लाख ६६ हजार कित्ता सेयर २ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम गत साताको भन्दा २८.२१ प्रतिशत कम हो । गत साता १ सय २० कम्पनीका ३४ लाख ४४ हजार सेयर २  अर्ब १८ करोड ६१ लाख ७४ हजार रुपैयाँमा किनबेच भएका थिए ।

साताभरमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.८९ अंकले बढेर २ सय ६९ दशमलव ५२ अंकमा नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो साता कारोबार रकमको आधारमा नेपाल इन्भेष्मेन्ट बैंक अग्रस्थानमा रहेको छ जसको १५ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी यस साता सेयर संख्याको आधारमा नबिल व्यालेन्स फण्डको ३ र कारोबार संख्याको आधारमा पनि नेपाल इन्भेष्मेन्ट बैंक अग्रस्थानमा रहेको छ । जसको ६ सय ५८ वटा कारोबारबाट ३ लाख २८ हजार कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकमको आधारमा साताको उत्कृस्ट ५ कम्पनीहरुमा नेपाल इन्भेष्मेन्ट बैंकको १५ करोड १४ लाख  ५० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको १४ करोड ५९ लाख ३० हजार रुपैयाँ, नबिल बैंकको संस्थापक शेयरको १३ करोड २० लाख रुपैयाँ, सानिमा बैंकको १० करोड ६७ लाख ४० लाख रुपैयाँ र ग्लोबल आइएमइ बैंकको ९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment