Comments Add Comment

भूकम्पको धक्काले धोबीखोला पूल बनाउने १० जना घाईते (फोटो फिचर)

bhumpa_ghaite1ध्रुव लम्साल

२३ माघ काठमाडौं । शुक्रवार राती १० बजेर ५ मिनेटमा गएको भूकम्पको धक्काले मदन भण्डारी कलेज नजिकै धोबीखोला किनारमा बस्ने १० भारतीय नागरिक घाईते भएका छन् । उनीहरु वानेश्वर अनामनगर जोड्ने पुल बनाउने कामदार हुन् ।

घाईते हुनेहरुमा भारतको विहार राज्यका सगीर आलम (२२), महमद उजीर (२३), महम्मद मुज्जफर (५०), अनुकुल अलि (३२), इशु अलि (१९), मोहम्मद अख्तर (४५) वर्कर अलि, मन्दन अब्दुल अलि लगायत रहेका छन् ।

bhukampa_ghaite2धोबीखोला किनारमा रहेको चारतले घरको भुईतलामा शिसाले बारेको घरमा सुतेको बेला वार र ढोकाको शिसा फुटेर उनीहरु घाईते भएका थिए । ‘हामी सुतीरहेका थियौं, एक्कासी शिसा फुटेर लाग्न थाल्यो हामी भाग्नै भ्याएनौं ।’ सगीर आलमले अनलाइनखबरसंग कुरा गर्दै भने । एउटै कोठामा सुतेका १४ मध्ये १० जना घाईते भएको कामदारले बताए ।

घाईते मध्ये धेरैको हात, पाखुरा, खुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ । घाईते महमद उजीरका अनुसार एकजनाको शरीरमा विभिन्न ठाउँमा गरेर १८ टाँकासम्म लगाउनु परेको छ ।
भूकम्पपछि कामदारहरु घाईते भए लगत्तै कामदारले आफु घाईते भएको जानकारी गराउन ठेकेदारलाई फोन गरेका थिए तर, ठेकेदारले फोन उठाएनन् ।

bhukampa ghaiteठेकेदारले फोन नउठाएपछि थोरै चोट लागेकाहरुले धेरै चोट लागेकालाई बोकेर स्थानिय मदरल्याण्ड अस्पताल पुर्‍याएका थिए । अस्पतालले टाँका लगाएर सामान्य उपचार गरिदिएको थियो । उपचारमा १५ हजार खर्च भएको घाईते कामदारले बताए । अहिले घाईतेहरु त्यहि भत्किएको कोठामा शिसा पन्छाएर बसिरहेका छन् ।

शुक्रवार राती सिन्धुपाल्चोक केन्द्र बनाई गएको ५.५ म्याग्नीच्युटको भुकम्पको काठमाडौमा राम्रै धक्का महसुस् भएको थियो । भूकम्पपछि काठमाडौमा सर्वसाधारणहरु केहीबेर बाहिर बसेका थिए ।bhukampa ghaite

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment