Comments Add Comment

नयाँ रुट थपेको बिरोधमा पोखरामा पुराना गाडीवालाले गरे चक्काजाम

pokhara ma bus२३ माघ, पोखरा । नयाँ बसलाई रुट अनुमति दिएको विरोधमा व्यवसायीहरुले बिरोध जनाउदै आज बिहानबाट पोेखरामा सवारी साधन चल्न दिएका छैनन् ।

पोखरा नगर बसले शनिबार बिहानैबाट चोक चोकमा  सवारीसाधन तेर्साएर यातायात अवरोध गरिरहेको छ ।  नगरका मुख्य चोकमा यसरी बस तेर्साएर राखिएपछि सर्वसाधारण मर्कामा परेका छन् । विन्ध्यबासिनी यातायात बस व्यवसायी समितिले ३ वर्षदेखि संचालनका लागि इजाजत पत्र लिएकोमा यातायात व्यवस्था कार्यालयले आधिकारिक रुपमा सेवा संचालनको अनुमति दिएको थियो । सोहीअनुरुप उक्त समितिले शुक्रबारदेखि बस संचालनमा ल्याएको हो ।

pokhara_bus2नयाँ बस संचालनको अनुमति दिएको भन्दै पोखरा नगर बस संचालक समितिले यसरी विभिन्न ठाउँमा विरोधस्वरुप अबरोध पुर्‍याएको हो । पोखरा नगर बस संचालक समिति आबद्ध व्यक्तिले विन्ध्यबासिनी यातायातका गाडीसमेत शुक्रबार फुटाएका थिए ।

पृथ्बीचोकमा ग १ ख ५९७३ नम्बरको बसको सिसा फुटाइएको छ । बस सञ्चालनमा अबरोध गर्ने चार जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । ३ जना वडा प्रहरी कार्यालय बैदाम र १ लाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

pokhara_yatayat bandaछोरेपाटन, एयरपोर्ट, पृथ्बीचोक, न्यूरोड, महेन्द्रपुल, नदिपुर, बगर हँदै लामाचौर रुटमा सञ्चालन हुने गरी सेवा सुरु गरे पनि शुक्रबार दिनभर पुराना ब्यबसायीले अबरोध गरेको समितिका अध्यक्ष समबहादुर गुरुङले जानकारी दिए विन्ध्यबासिनीले सेवा संचालनको सुखद अवसरमा ३ दिनसम्म पोखरा नगरमा भाडा निशुल्क घोषणा गरेको छ ।

पोखरामा थप नयाँ बस आवश्यक नहेको भन्दै बिरोध गरिरहेका बस ब्यबसायी समितिका अध्यक्ष वसन्त प्रधानले प्रशासनले भाडका सार्वजनिक साधनहरु (बस, मिनिबस, माइक्रोबस र ट्याक्सी) को उचित संख्या कायम गर्न र नयाँ भाडाका सार्वजनिक यात्रुबाहक सवारी साधनहरु अब उप्रान्त थप गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम आवश्यक अध्ययन गरी मात्र थप गर्ने  भन्ने निर्णय भएको भए पनि त्यको कार्यन्वयन नभएका कारण आफूहरु चक्का जाममा  उत्रिएको जनाए । उनले चक्काजाम अाफ्ना माग सम्बोधन नभएसम्म चक्काजाम जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment