Comments Add Comment

धनुषामा कांग्रेस नेता यादवको गोली हानी हत्या, अर्का एक घाइते

२३ माघ, काठमाडौं । अज्ञात समूहले नेपाली कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरेका छन् । अज्ञात समूहले धनुषाको बालाबाखर-४ मा नेपाली कांग्रेसका नेता राजेन्द्र यादवको गोली हानी हत्या गरेका हुन् ।

शुक्रबार राति जन्ती गएर र्फकंने क्रममा हराएका यादवमाथि अज्ञात समूहले बाटैमा दुई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । यादवको पेट, छाती र घाँटीमा गोली लागेको छ । गोली लागेर घाइते भएका यादवलाई जनकपुर अस्पताल पुर्‍याइएको थियो ।

तर , चिकित्सकहरुले उनलाई मृत घोषणाा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, धुनुषामा अर्का एक जनामाथि पनि गोली प्रहार भएको छ । नसिम राई माथि  गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment