Comments Add Comment

एसएमएसबाटै तेल बुकिङ ! आयल निगमको हल्ला मात्र

Nepal Oil Corporation (NOC)
२३ माघ,काठमाडौं । नेपाल आयल निगमले लाइन बस्न नपर्ने गरी तेल तथा ग्यास बुकिङको व्यवस्था गर्छु भनेको ३ महिना नाघिसक्यो । उपभोक्ता दिनको घाम र रातको चिसो नभनी तेल भर्न र ग्यास लिन लाइनमा छन् ।

तर, निगमले भने अझै मोबाइटबाट गर्ने इन्धन बुक गर्ने सिस्टम लागू गर्न कुनै तयारी नै गरेको छैन । यो सिस्टम नलगाउने निश्कर्षमा पुगेपनि निगम पूर्व सार्वजनिक प्रतिवद्धता फिर्ता लिन पनि सकिरहेको छैन । उसलाई बोलको पुरा गर्न सकिएन भन्न लाज भएको छ भने लागू गर्ने मन पनि छैन ।

यसले गर्दा एसएमएसबाटै तेल तथा ग्यास बुकिङको व्यवस्था हुने आशामा बसेका उपभोक्ता भने झुक्किएका छन् । आयल निगमको अफिसियल वेबसाइट http://nepaloil.com.np/ को माथिल्लो भागमा एसएमएसमा आधारित ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू हुने सम्बन्धी सूचना राखिएको लामो समय भयो ।

sms-quee-system
आयल निगमले आफ्नो वेबसाइटमा राखेको सूचना

तर, आम उपभोक्तालाई सूचना निकालेरै जानकारी दिएको ३ महिना बित्दा पनि निगमले न सिस्टम लागू गर्न नसकिएको जानकारी दियो, न त सूचनामा भनिए जसरी घरमै बसेर बुकिङ गर्न सक्ने व्यवस्था गर्‍यो ।

पूर्व मुख्य सचिव लिलामणी पौडेलले अनलाइनखबरसँगको एक अन्तरवार्ताका क्रममा मोबाइलबाट तेल र ग्यासको बुकिङ गर्ने गरी सिस्टम लगाउने भने पनि त्यसलाई लागू गर्न नदिन माफीयाहरु लागेकोे बताएका थिए ।  त्यसलाई सहि मान्ने हो भने ति माफियाहरु अहिलेसम्म आयल निगमकै कारण सफल पनि भएका छन् ।

नकाबन्दीका कारण तेल र ग्यासको हाहाकार भएपछि उपभोक्ता अधिकारबादीको दबावमा निगमले ‘क्यु म्यानेमेन्ट सिस्टम’ लागू गर्ने प्रतिवद्धता जनाएको थियो । तर, यसलाई लागू गर्दा कालोबजारी गर्न नसकिने भएपछि निगमका  अधिकारीरु नै सिस्टमको विपक्षमा उभिएको आपूर्ति मन्त्रालय स्रोतको दावी छ ।

किन अडि्कयो एसएमस सिस्टम ?

नेपाल आयल निगमका वितरण विभागका एक उच्च अधिकारीले आफूलाई एसएमएस सिस्टमबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिए । निगमको वितरण विभागले नै उपभोक्तालाई सहज रुपमा तेल पाउने वातावरण बनाउने जिम्मेवारी पाएको छ । ‘मागको ४० प्रतिशत तेल आएको छ । यस्तो अवस्थमा कसलाई एसएमएस गरेकै भरमा तेल दिन सकिन्छ र ?’ ति अधिकारीले भने ।

SMS-for-Fuel-and-Gass-Bookingनिगमका अधिकारीले नै कालोबजारीयाको प्रभावमा परेर कुनै हालतमा एसएमएस सिस्टम नलगाउन विभिन्न बाहना रचेको स्रोतको दावी छ । यो सिस्टम लागु गर्न सकिने प्रस्तावसहित नेपाल आयल निगममा दुईवटा कम्पनी निगम पुगेका थिए ।

यो सिस्टम लागू गर्न सबैभन्दा बढी चासो आपूर्ति मन्त्री गणेशमान पुनले नै देखाएका थिए ।

उनले साझा पेट्रोल पम्पमा पुगेर यो सिस्टमको परीक्षण प्रयोग गर्दै यसलाई तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

सिस्टम लागू गर्न १० लाख रुपैयाँ भन्दा बढी खर्च हुने भन्दै आयल निगम पछाडि हटेपछि मन्त्री पुनले त्यसमा आफ्नो अडान कायम राख्न सकेनन् ।

एक लाखभन्दा बढीको कुनै काम गर्दा खरिद नियमावली अनुरुप सिलबन्दी कोटेशन आह्वान गर्नुपर्ने भन्दै निगम पन्छिएको थियो । यस्तै त्यतिबेला निजी कम्पनीको गेट वे प्रयोग गर्दा धेरै रकम काटिने समस्या पनि देखिएको थियो । केही पूर्व प्रशासकहरुले भने क्यु म्यानेजमेन्ट सिस्टमको सफ्टेवयरलाई खरिद गरेर प्रधानमन्त्री कार्यालयको ११११ नम्बरको ‘गेट वे’ मार्फत लागू गर्न आपूर्ति मन्त्रालयलाई सुझाव दिएका थिए ।

petrol-line-19तर, यसमा निजी मोबाइल सेवा प्रदायक कम्पनीबाट उपभोक्ताले एसएमएस गर्दा धेरै रकम काटिने समस्या देखाउँदै सिस्टम रोकिएको आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । अहिले निजी सवारीलाई लट अनुसार नियमित तेल वितरण हुँदा पनि सरकारले एसएएमएसमार्फत लाइन व्यवस्थापन गर्न सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमलाई उपभोक्ताको सास्ती कम गर्न निजी सवारीलाई तेल दिँदा एसएमएसमार्फत टोकन लिने व्यवस्था गर्न भनेको थियो ।

नाकाबन्दी खुलेपछि यो सिस्टमको कुनै अर्थ नहुने भन्दै निगमका अधिकारी यसलाई बेवास्ता गरिरहेका छन् । पछिल्ला दिनमा आपूर्ति मन्त्रालयले पनि यसमा चासो दिन छोडेको छ भने अख्तियारले निर्देशन कार्यान्वयन नभएकोबारे मन्त्रालयलाई स्पष्टीकरण सोधेको छैन् ।

त्यसैले यो सिस्टम लागू गर्ने विषय वार न पार भएर बसेको छ । आयल निगमका अधिकारी वीरगञ्ज नाकाबाट तेल आउन थालेपछि यसलाई ‘लागू गर्न नपर्ने’ ब्यहोराको अर्को सूचना निकाल्ने मनस्थितिमा देखिएका छन् ।

 यो पनि पढ्नुस्

आपूर्तिमन्त्रीको एसएमएस हरायो, तेलका लागि लाइनमा बस्नैपर्ने

अब तेलको लाइनमा बस्नु पर्दैन, यसरी हुन्छ एसएमएसबाट बुकिङ (तरिकासहितं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment