Comments Add Comment

सोमबार ४६ देखि ६० लटका बाइकको तेल भर्ने पालो (पम्पको सूचीसहित)

Petrol Line (5)
२३ माघ, काठमाडौं । नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने  भएको छ ।

सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो । यसअघिका लटका मोटरसाइकलले ३ लटमा पेट्रोल पाइसकेका छन् । शुक्रबार ३१ देखि ४५ नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

फेरि आउँदो बुधबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमले जनाएको छ ।  त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमको योजना छ ।

सोमबार काठमाडौंका ४४ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन् । टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोक पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

यस्तै ठिमीको गुह्येश्वरी पम्पबाट हरियो नम्बर प्लेटका ट्याक्सीका लागि पेट्रोल  वितरण हुनेछ । पेट्रोल भर्न जाने सवारीको ब्लु-बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ । बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ ।

सोमबार वितरण हुने तेल आइतबार र्नै पम्पमा पठाइनेछ । आयल निगमले लट तोकेर कार र मोटरसाइकललाई नियमित रुपमा तेल सुरु गरेको छ ।

सोमबार निजी मोटरसाइकललाई पेट्रोल वितरण हुने पम्पको सूची
ms-bike-25-1ms-bike-25-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment