Comments Add Comment

राष्ट्रिय टोलीको ढोका ढकढक्याए राजु र सन्दिपले

Raju Rijal२३ माघ, काठमाडौं । यू-१९ विश्वकप जारी रहादा नेपाली कप्तान राजु रिजालको उमेरलाई लिएर भारतीय मिडियाले प्रपोगण्डा मच्चाइरहेका थिए । बंगलादेश विरुद्धको क्वाटरफाइनल अगाडि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले उनलाई ‘क्लीन चिट’ दियो ।

भारतीयहरुले कृतिम रुपमा उछालेको उमेर विवादबाट मुक्त भएका राजुले बंगलादेश विरुद्धको म्याचमा शानदार इनिङ खेले । दुर्भाग्यपूर्ण तरिकाले रन आउट हुनु अघिसम्म उनले बंगलादेशी बलरहरुलाई आच्छुआच्छु पारिरहेका थिए र शतक अवश्यम्भावी देखिएको थियो ।

विश्वकपको पहिलो म्याचमा न्युजिल्याण्डविरुद्ध पनि राजुको ब्याट बोलेको थियो । उनले नेपालका तर्फबाट सर्वाधिक ४८ रन हान्दै नेपालको इनिङ बुनेका थिए । बलिया दुई टिमविरुद्धको प्रदर्शनबाट राजुले आफूलाई प्रमाणित गरेका छन् । यसअघि विश्वकप छनोट अन्तरगत युगाण्डाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका थिए ।

यस विश्वकपको प्रदर्शनबाट राजुले नेपालको राष्ट्रिय टोलीमा आफ्नो दावेदारी पेश गरेका छन् । उनकोे ब्याटिङको विशेषता भनेको छिटो गतिमा रन बटुल्नु हो, जून नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यानमा खट्किदै आएको छ । विनोद भण्डारीको र्फम खस्किएपछि नेपाली टोलीले मध्यक्रममा आक्रामक ब्याट्सम्यानको अभाव महसुस गरिरहेको छ, जसलाई राजुले पुरा गर्न सक्छन् ।आवश्यकता अनुसार सुझवुझपूर्ण ब्याटिङ गर्न सक्ने क्षमता पनि उनको छ ।

Nepalराजुलेे तत्कालै राष्ट्रिय टिममा स्थान बनाउने लगभग पक्का छ । ब्याटिङका अतिरिक्त उनी विकेट किपिङ पनि गर्छन् । यसले गर्दा टोलीका नियमित विकेटकिपर सुवास खकुरेको ब्याकअपका रुपमा पनि उनी रहने छन् ।यो विश्वकपबाट नेपालले पाएका अर्का प्रतिभा हुन्, सन्दिप लामिछाने । यी १५ वर्षीय फुर्तिला स्पिनर आयरल्याण्डविरुद्ध ह्याटि्रक गर्दै विश्वकपमा चर्चाको विषय बनेका थिए । उक्त म्याचमा सन्दिपले पााच विकेट लिएका थिए । विश्वकपमा नेपालले खेलेका चारवटै म्याचमा उनले विकेट लिएका छन् ।

कलिलो उमेरका सन्दिप ढिलो-चााडो नेपाली राष्ट्रिय टिममा पर्नु अवश्यम्भावी देखिन्छ । नेपाली क्रिकेटको सफलतामा स्पिनरको साधै महत्वपूर्ण भूमिका रहादै आएको छ । अहिलेको टोलीमा शक्ति गौचन र वसन्त रेग्मीपछि तेस्रो स्पिनरको रुपमा उनले स्थान बनाउन सक्छन् । यद्यपि, उनको बलिङमा अझै स्थिरता र निखारको अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment