Comments Add Comment

आज काठमाडौंमा मटि्टतेल वितरण हुँदै (डिलरको सूचीसहित)

Kerocin Line (10)
२३ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा आज पनि मटि्टतेल वितरण गर्दैछ । बिहीबार काठमाडौं उपत्यकामा मटि्टतेल वितरण गरेको निगमले शनिबार पनि बिक्री गरेको हो ।

आज काठमाडौंका ३१ वटा डिपोबाट मटि्टतेल वितरण हुँदैछ । शनिबार ९६ हजार लिटर मटितेल बिक्री हुने निगमले जनाएको छ ।

बिहान ९ बजेदेखि नै अधिकांश डिपोहरुमा मटि्टतेल वितरण सुरु भएको छ । झण्डै २ महिनापछि निगमले काठमाडौंमा मटि्टतेलको वितरण भइरहेको छ ।

स्टोभ प्रयोग गर्ने उपभोक्ताले ग्यास नपाएका बेलामा मटि्टतेल पाएपछि केही रहात पाएका छन् । निगमले १४ लाख लिटर भण्डारण गरेपछि मात्रै मटि्टतेलको वितरण थालेको हो ।

अाज मटि्टतेल वितरण हुने डिलरको सूची हेर्नुस्

sko-10-23-1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment