Comments Add Comment

एउटा छोराको चाहनामा गर्भाधारण गर्दा जन्मिए एकैचोटि ५ बच्चा

five

अस्ट्रेलियाको पर्थमा बस्ने एक महिलाले एकैचोटी ५ वटा बच्चा जन्माएकी छिन् ।  यसअघि दुइवटा छोरी जन्माइसकेकी २६ वर्षकी किम टुकी नामकी यी युवतीले छोराको चाहनामा तेश्रो गर्भाधारण गरेकी थिइन् ।

तर उक्त गर्भाधारण यति भयंकर भयो की एकसाथ उनको पेटाम ५ वटा भ्रुण बने । अन्ततः गत जनवरी २८ मा उनले ५ वटा बच्चा एकसाथ जन्माइन् । सामान्य रुपमा बच्चा जन्मनुभन्दा अघि अर्थात् ३० हप्तामै आफ्नो बच्चा जन्मिएका उनले बताएकी छिन् । उनले आगामी अपि्रलमा बच्चा जन्माउने डेट डाक्टरले दिएका थिए । किमले जन्माएका ५ बच्चा मध्ये ४ वटा छोरी छन् भने एउटा छोरा ।

सुरुमा बढि रगत बग्ने समस्या देखिएपछि उनी गत अगष्टमा अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । त्यहाँ अल्ट्रासाउण्ड गर्दा पेटमा पाँचवटा बच्चा भएको जानकारी पाएपछि उनी झसँगै भइन् । अल्ट्रासाउण्ड गर्ने कोठाबाटै उनले आफ्नो श्रीमानाई यसबारेमा जानकारी दिइन् ।

एकसाथ पाँच बच्चा जन्माउने किमले आफु तथा बच्चाहरुलाई हुर्काउन सहयोग प्राप्त गर्नका लागि सपर््राइज्ड बाइ फाइभ नामक फेसबुक पेज संचालन गरेकी छिन् । उक्त पेज लाइक गर्नेको संख्या २ लाख भन्दा बढि छ ।

उक्त फेसबुक पेज मार्फत नै विभिन्न परोपकारी संस्थाहरुले किम दम्पती र उनका पाँच बालबच्चाको पालनपोषणका लागि आर्थिक सहयोग जुटाउन विभिन्न अभियान चलाएका छन् । डाक्टरहरुका अनुसार विश्वमा एकसाथ पाँच बच्चा जन्मिनु निकै दुर्लभ हो । यो साढे ५ करोड जन्ममा एउटा मात्र हुनसक्ने सम्भावना हुन्छ ।

fivebeby

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment