Comments Add Comment

परकम्पमा भागदौड गर्दा ७० जना घाइते

bhukampa_ghaite1
२३ माघ, काठमाडौं । शुक्रबार रातिको परकम्पमा भागदौड गर्दा काठमाडौं उपत्यकामा ७० जना घाइते भएका छन् । सबैभन्दा बढी घाइते काठमाडौं जिल्लाका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार काठमाडौंमा मात्रै ५९ जना घाइते भएका छन् । यस्तै ललितपुरमा ६ र भक्तपुरमा ५ जना घाइते भएको कार्यालयका प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरीक्षक शरद चन्दले जानकारी दिए ।

गएराति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

परकम्पपछि अत्तलिएर भागदौड गर्दा धेरै व्यक्ती घाइते भएको प्रवक्ता  चन्दले बताए । अधिकांश घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment