Comments Add Comment

वीरगञ्ज नाकामा देखियो चहलपहल, तेल लिन ट्यांकर रक्सौल जान थाले

Birgung-Naka
२३ माघ, काठमाडौं । वीरगञ्ज-रक्सौल नाकामा शनिवार सामान्य चहलपहल देखिएको छ । यो सँगै नेपालबाट ढुवानीका लागि इन्धनका गाडी भारत जाने क्रम सुरु भएको छ ।

नेपाल आयल निगमले शनिबारदेखि तेल ढुवानी गर्न वीरगञ्ज नाकाबाटै ट्यांकर पठाउन सुरु गरेको हो । हिजो स्थानीयबासी र व्यापारीले झण्डै पाँच महिनादेखि अवरुद्ध रहेको रक्सौल-वीरगञ्ज नाका खुलाएका थिए । हिजो मितेरी पुल हुँदै केही मालबाहक कन्टेनर पनि नेपाल आएका थिए ।

त्यसपछि बिहान मात्रै झण्डै १२ वटा ट्याकंर वीरगञ्ज नाका भएर रक्सौल गइसकेको वीरगञ्ज भन्सारका अधिकारीहरुले बताएका छन् ।

शनिबार नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोमा डिजेल भर्ने र पेट्रोल लिन बरौनी पुग्ने गरी ट्यांकर पठाएको हो ।

रक्सौल डिपोले वीरगञ्जबाट पठाउने गरी तेल दिन नसकिने बताएको वीरगञ्जका एक पेट्रोलियम ब्यवसायीले बताए ।
आज झण्डै ३५ वटा ट्यांकरलाई वीरगञ्ज नाका भएर नै तेल भर्न पठाउने तयारी भएको आयल निगमको अमलेखगञ्ज डिपो स्रोतले जनाएको छ । यसमध्ये अधिकांशले बरौनी डिपोमा तेल भर्नेछन् ।

वीरगञ्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले नाकाको अवस्था सामान्य रहेको बताए । वीरगञ्जमा रोकिएका अधिकांश गाडी रि-रुट भएर अन्य नाकाबाट गएकाले केहि दिन भन्सार पास भएर थोरै मात्रै गाडी नेपाल भित्रिने रेग्मीको अनुमान छ ।

भारतीय भन्सारबाट पास भएर मालबाहक गाडी नेपाल आए शनिबार पनि भन्सार पासको क्रम जारी राखिने वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

‘अब भन्सार एजेन्टहरु कागजात मिलाउन भन्सारमा आउन थालेका छन् । अहिलकै अवस्था रहिरह्यो भने दिउँसो केही गाडी भित्रिन सक्छ’ रेग्मीले भने ।

नाका पुरानै अवस्थामा फर्किन १५/२० दिन लाग्ने भन्सार अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment