Comments Add Comment

दाह्री काट्दा ध्यान दिनुपर्ने कुराहरु

dari

मिटिंग होस् वा डेटिंग, अनुहारको आकर्षणले तपाइँको व्यक्तित्वमा ठूलो प्रभाव पार्दछ । त्यसकारण पुरुषहरुले आफ्नो अनुहारको स्वास्थ्य तथा सफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

महिलाहरुको तुलनामा पुरुषहरुको छाला बढि खश्रो तथा कडा हुन्छ । साथै पुरुषहरु आफ्नो छालामा विभिन्न खालका प्रयोग पनि गर्दछन्, खासगरी दाह्री जुँगा खौरिने क्रममा । तर दाह्रीजुँगा खौरिने अर्थात् सेभिंग गर्ने क्रममा हुने गल्तीले तपाइँको लुक्समै नकारात्मक असर पार्नसक्छ । दाह्री काट्दा ध्यान दिनैपर्ने कुराहरु यी हुन्ः

· अनुहारमा तलबाट माथि तर्फ अर्थात् उल्टो बारेर दाह्री खौरिनु हुँदैन । यसो गर्दा दाह्री खौरिन सजिलो त हुन्छ तर यसले दाह्रीका रौँ को पिँधमा हुने कोशिकाहरुमा नोक्सान पूराउँछ । जसका कारण छाला कडा हुन्छ र रौँ पनि उल्टो पलाउन थाल्दछ र पछि दाह्री खौरिँदा दुख्न थाल्दछ र अलिक लामो दाह्री पलाउँदा निकै कुरुप देखिन्छ पनि ।

· दाह्री काट्नुभन्दा पहिले आफ्नो अनुहारलाई पानीले भिजाउनुहोस् वा साबुनले धुनुहोस् । दाह्रीमा मज्जाले ब्रसद्धारा सेभिंग क्रिम लगाउनुहोस् । छाला नरम बनाउनका लागि सेभिंग क्रिम लगाउनुअघि सेभिंग जेल पनि लगाउन सक्नुहुन्छ । सेभिंग क्रिम मज्जाले लगाएको ४।५ मिनेटपछि मात्र दाह्री खौरिन सुरु गर्नुपर्छ, यसो गर्दा रौँ नरम हुन्छ र सजिलै खौरिन सकिन्छ ।

· आफ्नो छालाको प्रकार हेरिकन रेजर छनोट गर्नुहोस् । निकै कमजोर तथा कोमल छाला, डण्डिफोर तथा ससाना खटिरा हुने छाला र कडा रौँ भएको छालाका लागि फरक फरक रेजर बजारमा पाइन्छन् । अनुहारको छालामा कुनै इन्फेक्सन भएमा टाइटानियम ब्लेड भएको रेजर प्रयोग गर्नुहोस् ।

· सेभिंग गरेपछि अनुहारको छालाको संवेदनशीलता अनुसार उपयुक्त मोस्चराइजर प्रयोग गर्नुहोस् ।

· डण्डिफोरको समस्या महिलाको साथै पुरुषमा पनि हुन्छ । धेरै पुरुषको छाला चिल्लो हुन्छ र खानपानमा हुने लापरवाहीले गर्दा डण्डीफोर जन्य समस्या पैदा गर्दछ । यसबाट बच्नका लागि राम्रो क्लिन्जर वा फेसबवासको प्रयोग गर्नुपर्छ ।

· पुरुषहरु महिला जति सुन्दरता तथा छालाको स्वास्थ्यमा सजग हुँदैनन् । त्यसैले बाहिर काममा हिँड्दा घामबाट छालालाई बचाउन क्रिम तथा लोसन लगाउँदैनन् । जसका कारण सूर्यको परावैजनी किरणले छालामा प्रत्यक्ष असर पूराउँछ । त्यसले बाहिर निस्किनुपर्दा अनुहार तथा हातमा सनस्त्रिmन क्रिम लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment