Comments Add Comment

फेब्रुअरी १५ देखि मलेसियामा गैरकानुनी कामदारको पुनः दर्ता गरिने

malesia
क्वालालम्पुर । मलेसियामा रहेका गैरकानुनी विदेशी कामदारहरुले आममाफी प्रकृया अबलम्बन नगरी सिधै वैधानिक हुन पाउने भएका छन् ।

मलेसियाका गृहमन्त्री अहमद हमिदिले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।  मन्त्री हमिदिका अनुसार अब रोजगारदाताले सिधै अनलाइनमार्फत् आफ्ना अवैधानिक विदेशी कामदारको विबरण अपडेट गरेर वैधानिकीकरणको प्रकृया थाल्न सक्नेछन् ।

सरकारले पहिलोपटक आममाफी र बैधानिक बनाउने प्रकृयामा दलालको संलग्नतालाई निषेध गर्न खोजेको छ ।

‘एजेन्टकै कारण धेरै विदेशी कामदारले पैसा तिरेर पनि वैधानिक हुन नसकेको अबस्था देखियो’ गृहमन्त्री हमिदिले भने- ‘यस्तो समस्या देखेपछि हामीले सिधै रोजगारदाताले अनलाइन आबेदन गर्ने ब्यबस्था थालेका हौं ।’

अनलाइन प्रकृयाबाट रोजगारदाताले प्रमाणीकरण गर्दा कुनै पनि जरिवाना नलाग्नेसमेत गृहमन्त्रीले जानकारी दिए । तर, सरकारले तोकेअनुसारको लेभी भने बुझाउनुपर्ने मलेसियाको स्थानीय दैनिक ‘द सन‘ ले जनाएको छ ।

गृहमन्त्री हमिदिले हालै करिव २५ लाख बिदेशी कामदार मलेसियामा अवैधानिकरुपमा काम गरिरहेको बताएका थिए । त्यसमध्ये हजारौंको  संख्यामा नेपाली रहेको अनुमान गरिएको छ ।

अब नेपाली कामदारले आफ्नो रोजगारदातामार्फत् नै वैधानिक हुने प्रकृया अबलम्बन गर्नुपर्ने छ । त्यसो गर्दा नेपाली कामदारले हाल काम गरिरहेको स्थानमा बैधानिक बनेर काम गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment