Comments Add Comment

वाइसीएलका केन्द्रीय सदस्य नै इन्धन कालोबजारीमा !

ycl-nepal

फाइल फोटो

२३ माघ, काठमाडौं । एमाओवादीको युवा संगठन वाइसीएलले इन्धन कालोबजारीमा संलग्न रहेको भन्दै केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य शंकर गिरी इन्धन कालोबजारीमा संलग्न भएको पाइएको बाइसीएलले जनाएको छ । उनलाई तत्काल निलम्बन गरिएको र थप अनुसन्धान भइरहेको बाइसीएल महासचिव दिपखिशाले जानकारी दिए ।

उनका अनुसार गिरीको घर र कार्यक्षेत्र ओखलढुंगा हो । तर, पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए । गिरीले भारतबाट इन्धन सार्वजनिक सवारी साधानमा इन्धन ल्याउने र बेच्ने गरेको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment