Comments Add Comment

बैंङ्लोरले वाट्सनलाई ९.५ करोडमा किन्यो, युवराजलाई ७ करोड

Shane Watson

२३ माघ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को नवौं संस्करणमा शेन वाट्सन रोयल च्यालेन्जर्स बैंङ्लोरबाट खेल्ने भएका छन् ।

बैंङ्गोरमा भएको लिलामीमा रोयल च्यालेन्जर्स बैंङ्लोरले अष्ट्रेलियाका अलराउण्डन वाट्सनलाई ९.५ करोडमा किनेको छ । पछिल्लो संस्करणको सबैभन्दा महंगा खेलाडी युवराज सिंहले यो पटक सात करोड पाएका छन् । उनलाई सनराइजर्स हैदराबादले किनेको छ ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई दिल्ली डेयरडेभिल्सले सात करोडमा किनेको छ । उनको बेस प्राइस मात्र ५० लाख थियो ।  अष्ट्रेलियाका ओपनर एरोन फिन्च र न्यूजिल्याण्डका मार्टिन गुप्टिललाई कुनै पनि क्लबले किनेको छैन । दुबैको बेस प्राइस २ करोड थियो ।

मोहित शर्मालाई पन्जाबले ६.५ करोडमा किनेको छ । अष्ट्रेलियाका अलराउण्डर मिचेल मार्सले पुणेबाट खेल्ने भएका छन् । उनको मूल्य ४.८ करोड छ ।

भारतका चेतेश्वर पुजारा र एस बद्रीनाथ, श्रीलंकाका माहेला जयवर्दने, दक्षिण अफि्रकाका हासिम अमला र अष्ट्रेलियाका जर्ज बेलीलाई कुनै पनि क्लबले किनेको छैन ।

आशीष नेहरालाई सनराइजर्स हैदराबादले साढे ५ करोडमा र केभिन पिटरसनलाई पुणेले साढे ३ करोडमा किनेको छ । भारतका इशान्त शर्मालाई पुणेले ३.८ करोडमा किनेको छ । उनको बेस प्राइस २ करोड थियो ।

गुजरात लायन्सले दक्षिण अफ्रिकाका डेल स्टेन र वेष्ट इण्डिजका डवेन स्मिथलाई २.३ करोडमा किनेको छ भने पछिल्लो संस्करणमा १० करोडमा विकेका दिनेश कात्तिक यो पटक २.३ करोडमा गुजरातबाट खेल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment