Comments Add Comment

सुशील कोइरालाकै गृह जिल्लामा संस्थापन कमजोर !

आरपी सुवेदी

२३ माघ, नेपालगञ्ज । कांग्रेस बाँकेको क्षेत्रीय अधिवेशनमा कांग्रेस सभापति सुशील कोइरालाका विश्वास पत्रहरु नै पराजित भएका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आफ्नो होल्ड कायमै राखेको छ भने खुबहादुर खड्का समूह पनि शक्तिका रुपमा देखिएको छ ।

Sushil-Koirala
सुशील कोइराला

बाँकेको क्षेत्रीय सभापतिमा क्षेत्र नम्वर १ मा माधवराम खत्री, २ मा रामचन्द्र मौर्य, ३ मा रमेश गुप्ता र ४ मा नक्की खाँ निर्वाचित भएका छन् । गुप्ता, मौर्य र खाँ संस्थापन पक्षका हुन् भने खत्री देउवा पक्षका हुन् ।

क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा खत्री पुनः निर्वाचित भएका छन् । उनी देउवा पक्षका हुन् । सचिवमा डिल्ली गिरी र कोषाध्यक्षमा हेमराज पौडेल निर्वाचित भए । महाधिवेशन प्रतिनिधिमा नारायण गौडेल, भानुभक्त भट्टराई, तप्त पौडेल, अमरबहादुर खड्का, हुर्मत न्यौपाने, पूर्ण आचार्य लगायत निर्वाचित भएका छन् ।

क्षेत्र नम्वर २ को सभापतिमा रामचन्द्र मौय निर्वाचित भएका छन् । उनले निवर्तमान सभापति राजकुमार साहुलाई पराजित गरेका छन् ।

सचिवमा शिवकुमार बर्मा र कोषाध्यक्षमा जैधरप्रताप बैजु श्रेष्ठ निर्विरोध निर्वाचत भएका छन् । महाधिवेशन प्रतिनिधिमा लक्ष्मी नारायण शाह, राजकुमार वर्मा, सुदिप नरसिंह राणा, राकेशबहादुर श्रीवास्तव, रिजवान अहमद साह, महिला कोटातर्फ किरण कोइराला र परमेश्वरी पाठक, आदीवासी जनजातीतर्फ धनबहादुर गुरुङ्ग र दलिततर्फ जगराना रैदास निर्वाचित निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्वर ३ को क्षेत्रीय सभापतिमा रमेश गुप्ता विजयी भएका छन् । उनले निवर्तमान सभापति सुरेन्द्रनाथ सापकोटालाई पराजित गरे । सचिवमा उस्मान अलि ढपाली विजयी भए उनले पुस्पा शुक्लालाई पराजित गरे । कोषाध्यक्षमा सरदार देवेन्द्र सिंह सर्वसम्मत भएका छन् ।

महाधिवेशन प्र्रतिनिधिमा निरञ्जनसिंह सिजापति, राजितराम पाठक, सुनिलनरसिंह राणा, सुरेन्द्रकुमार हमाल, कमला भट्ट, मोहम्मदी सिद्दिकी, हेमन्त कर्माचार्य, कृष्णसिंह परियार, डा. सुरेशकुमार कनोडिया, निजामुद्दिन अन्सारी निर्वाचित भएका छन् ।

क्षेत्र नम्वर चारको सभापतिमा प्रकाश शाहीलाई पराजित गर्दै नक्की खाँ विजयी भए । सचिवमा ज्ञानवहादुर ओली र कोषाध्यक्षमा नरबहादुर खड्का निर्वाचित भएका छन् । यसैगरी महाधिवेशन प्रतिनिधिमा मेघराज ओली, खलील खाँ, देउफल यादव, देवबहादुर खत्री, महेन्द्र मल्ल, युवराज शर्मा, चन्तबहादुर थारु, दुखीराम लोनिया, ओवीलाल सुनार, चीनमाया कुवँर र झुकमाया जिएम निर्वाचित भएका छन् ।

जिल्ला सभापति पदका दावेदार चारैजना लक्ष्मीनारायण शाह र किरण कोईराला बाँके निर्वाचन क्षेत्र नं २ बाट निरञ्जनसिंह सिजापति क्षेत्र नं ३ र नारायणप्रसाद गौडेल क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको निर्वाचनको परिणाम नआउँदासम्म आधिकारिक रुपमा सबै संस्थापन पक्षको जस्तो देखिए पनि अव स्पष्टरुपमा प्यानल नै देखिएर लाग्ने बताइएको छ ।

बाँकेमा को-को हारे ?

बाँके कांग्रेसका हस्तीहरु नै १३ औं महाधिवेशको प्रतिनिधिमा पराजित भएका छन् । बाँके कांग्रेसको क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा अधिकांश सांसद पराजित भएका छन् । कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका मैकुलाल बाल्मीकि, अब्दुल हमिद सिद्दिकी (भोला), सर्वतारा खातुन र आशा विक महाधिवेशन प्रतिनिधिमै पराजित हुन् । हारेका चारै नेता कोइराला निकटवर्ती हुन् ।

सांसद वादशाह कुर्मी क्षेत्र नम्वर ३ बाट मात्र महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । उनी पनि कोइरालाका विश्वास पात्र हुन् ।

बाँकेमा यसपाली कांग्रेसका बरिष्ठ नेताहरु नै महाधिवेशन प्रतिनिधिमा नमिठो हार वेहोरेका छन् । पूर्व सांसद ज्ञानु केसी क्षेत्र नम्वर १ मा पराजित भए । उनलाई क्षेत्र नं. १ मा अति नै प्रभावशाली व्यक्तिको रुपमा लिने गरिन्थ्यो ।

कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल क्षेत्र नम्वर २ को महाधिवेशन प्रतिनिधिबाट पराजित भए । जिल्ला विकास समिति बाँकेका दुई अवधी सभापति समेत रहेका ओमजंग राणाले क्षेत्रीय प्रतिनिधिमै हार व्यहोरे । पूर्व संसद कैलाशनाथ गुप्ता कसौधनले प्रस्तावक समर्थक नै पाएनन् ।

शिक्षक संघ बाँकेका अध्यक्ष रुद्रवहादुर ओली, टे्रड युनियन कांग्रेसका बाँके अध्यक्ष विरेन्द्र शाह पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा हार्ने अधिकांश हस्तीहरु संस्थापन पक्षको नजिक रहेका र केही कांग्रेका प्रभावशाली नेता खुमबहादुर खड्का निकटका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment