Comments Add Comment

वीरगञ्ज नाका फेरि अवरुद्ध पार्ने मधेसी मोर्चाको निर्णय

१२ माघ, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज नाका फेरि अवरुद्ध पार्ने निर्णय गरेको छ ।

जितेन्द्र सोनल
जितेन्द्र सोनल

स्थानीयबासी र ब्यापारीको बलमा वीरगञ्ज नाका शुक्रबारबाट खुलेको थियो । तर, मधेसी मोर्चाको बारा र पर्साको बैठकले केन्द्रीय स्तरबाट आन्न्दोलन फिर्ता नभएसम्म नाकाकोे धर्ना जारी राख्ने निर्णय गरेको छ ।

वीरगञ्जमा रहेका तमलोपाका महामन्त्री जितेन्द्र सोनलले भने-‘धर्नाकारीहरु थोरै रहेको मौका छापेर तस्कर र स्थानीय प्रशासन मिलेर नाका खुलाएका हुन् । आज हामीले बैठक बसेर फेरि धर्ना दिने निर्णय गरेका छौं ।’

मधेसी मोर्चाले नाकामा धर्ना दिने निर्णय गरेपछि मितेरी पुलमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ ।

यता आन्दोलनको स्वरुप फेर्नेबारे छलफल गर्न मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक कहिले बस्छ अझै टुंगो लागेको छैन । शनिबार बस्ने भनिएपनि संघीय समाजवादी फोरमका नेताहरुको व्यस्तता कारण अहिलेसम्म बैठकको टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment