Comments Add Comment

सोफिया र गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

Sofiya-and-Gaurika

सन्देश श्रेष्ठ

२३, माघ, गुवाहाटी । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् पौडीको पहिलो दिन शनिबार सोफिया शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

दुवै हिट्समा रेकर्ड बनाएर फाइनल चरणमा पुगेका छन् । गुवाहाटीस्थित डा. जाकिर हुसेन अक्वाटिक्स कम्प्लेक्समा सोफियाले २ सय मिटर फ्रिस्टाइलमा १ मिनेट १३.१८ सेकेन्डसाथ गौरिकाको कीर्तिमान तोडेकी हुन् ।

गौरिकाले १ सय मिटर बटरफ्लाईमा आफ्नै रेकर्ड तोडेकी हुन् । १३ बर्षीया गौरिका १ मिनेट १०.९४ सेकेन्डको समय निकालिन् ।

शिरिष गुरुङ पनि २ सय मिटर फ्रिस्टाइल २ मिनेट ९.९२ सेकेन्डमा पूरा गर्दै फाइनल चरणलाई छनोट भएका छन् । तीनै स्पर्धाको फाइनल चरण आजै हुनेछ ।

कुल ३८ स्वर्णपदक रहेको पौडीमा गौरिकाले १३, शिरिषले १२ र सोफियाले ८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment