Comments Add Comment

१२ औं सागमा नेपाललाई पहिलो पदक, देवीले जितिन कास्य

१२ माघ, काठमाडौं । भारतमा जारी १२ औं साग गेम्समा नेपालले पहिलो पदक जितेको छ । नेपालका लागि भारत्तोलनको ५३ केजी तौल समूहमा देवी चौधरीले कास्य पदक जितेकी हुन् ।

वाहाटीको भोगेश्वरी फुकानानी इन्डुअर रंगशालामा भएको खेलमा १२६ केजी उचाल्दै उनले पदक जिताएकी हुन् ।भारतकी हर्षदिप कौरले स्वर्ण जिते भने श्रीलंककी चमारी मेण्डिसले रजत पदक जितिन् ।

अर्को खेलमा ४८ केजी तौल समूहमा नेपालकी मनिसा रानाभाट चौथो भइन् । उनले १०७ केजी उचाल्दै चौथो भएकी हुन् । चामु मिरापाईले स्वर्ण पदक जितिन् ।

पुरुष तर्फको खेलमा प्रकाश केसी पनि चौथो भए । उनले पनि नेपालका लागि पदक दिलाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment