Comments Add Comment

नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ

nakkali-doctor

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी १२ चिकित्सक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना सरकारी डाक्टर छन् भने बाँकी निजी अस्पतालका डाक्टर हुन् ।  पक्राउ पर्नेमा बी एण्ड सी विर्तामोडका रामबाबु गिरी, पशुपति मोडल अस्पताल इटहरीको प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगर मो. कमरुल हक, कोसी अञ्चल अस्पतालका तुलसी कुमार महतो, र ग्लोबल अस्पताल सिराहा मिर्चैयाका मो. अहमद सिद्धी छन् ।

जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, जानकी मेडिकल हलका कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स, भरतपुरकी विनिता यादव, अजित मेडिकल हल, जनकपुरका भगवान केवट मल्लाह र रामजानकी डेन्टल क्लिनिक जनकपुरका शैलेन्द्रकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै स्वास्थ्य सेवा क्लिनिक, कपिलबस्तुका अफजल हुसेन र ग्लोबल अस्पताल ग्वार्को, ललितपुरका श्यामबाबु साह पनि पक्राउ परेका छन् ।

उनीहरु मध्ये १० जनाले भारतबाट प्रमाणपत्र तलको नक्कली प्रमाणपत्र बनाएका थिए । एक जनाको एएलसी र प्रमाणपत्र दुबैको प्रमाणपत्र नेपालबाट र अर्का एकको भारतबाट बनाइएको पाइएको प्रहरीले जनाएको छ ।

नक्कली प्रमाणपत्र बनाएका उनीहरु मध्ये पाँच जनाले चीनबाट एमबीबीएस अध्ययन गरेका थिए भने केहीले रसिया, भारत, बंगलादेश र पाकिस्तानबाट अध्ययन गरेका छन् । रामबाबुले भने फिलिपिन्सबाट एमडी समेत गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment