Comments Add Comment

कमलदेव भट्टराइको ‘सङ्क्रमणकाल’ बजारमा

samkramankaal
२३ माघ, काठमाडौं । १२ बुँदे सहमतिदेखि संविधान निर्माण हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक घट्नाक्रमलाई विस्तृत एवम् व्याख्यात्मक रुपमा प्रस्तुत गरिएको पुस्तक ‘सङ्क्रमणकाल’ सार्वजनिक भएको छ ।

पत्रकार कमलदेव भट्टराईले लेखेको पुस्तकमा यस अवधिका राजनितिक घट्नाक्रमको भित्री पाटोलाई उजागर गरिएको छ ।
लेखकले १२ बुँदे सहमति, राजा र दलहरुको बीचमा सहकार्य, प्रतिनिधिसभाले जारी गरेको घोषणापत्र लगायतका घट्नाक्रमको भित्री पाटो खोतल्ने प्रयास गरेका छन् ।

यसैगरी राजा ज्ञानेन्द्रले सत्ता त्याग, राजा र दलहरुलाई मिलाउन शक्ति राष्ट्रहरुले गरेका प्रयास लगायत लुकेका विषय समेत पुस्तकले उजागर गर्ने प्रयास गरेको छ ।

‘पहिलो संविधान सभा भंग हुनुका कारण र पहिलो संविधान सभाबाट संविधान किन बन्न सकेन भन्ने विषय पनि पुस्तकमा छन्’ काठमाण्डौ पोष्टका उपसम्पादक समेत रहेका भट्टराइले भने ।

बुक-हिल पब्लिकेशनले बजारमा ल्याएको पुस्तकमा पछिल्लो भारतीय नाकाबन्दीका बारेमा समेत बिस्तृतमा उल्लेख छ ।

‘संविधानसभा, शान्ति प्रकृया, गणतन्त्रको स्थापना र समग्र राष्ट्रिय राजनीतिको सेरोफेरोमा घुमेको संक्रमणको राजनीतिक चक्र बुझ्न यो पुस्तक उपयोगी छ’ कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले भने ।  २ सय ४० पृष्ठको पुस्तकको मुल्य ३ सय ५५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment