Comments Add Comment

सिन्धुली पुगेका उपराष्ट्रपतिको स्वास्थ्यमा समस्या, सैनिक अस्पतालमा भर्ना

Nanda-Bahadur-pun

२३ माघ, काठमाडौं । एक कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि आकस्मिक रुपमा हेलिकप्टरमा काठमाडौ ल्याइएको छ । उनको अहिले सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

उपराष्ट्रपति पुन तामाङ समुदायको एक कार्यक्रमको उद्घाटन गर्न स्थलमार्ग भएर विहान ११ बजेतिर सिन्धुली पुगेका थिए । पछिल्ला केही दिनदेखि अस्वस्थ रहेका पुन बनेपा बर्दिबासको बाटो गएका थिए । बाटो घुम्ति भएकाले उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

सिन्धुली पुगेर स्थानीय चिकित्सकलार्इ समेत देखाएइको थियो । उनले कार्यक्रमको उद्घाटन पनि गरे । तर, मुटुको चाल बढेपछि सेनाको हेलिकप्टर बोलाएर राजधानी ल्याइएको उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोकाले अनलाइनखबरलार्इ जानकारी दिए ।

उनले भने, अहिले स्वास्थ्यमा निकै सुधार भएको छ । तर, चिकित्सकहरूले एक दिन राख्नु भनेकाले आज अस्पतालमै बस्नुहुन्छ ।’

उनका अनुसार सुरूमा पुनलार्इ आकस्मिक कक्षमा राखेर अक्सिजन समेत दिइएको थियो । अहिले भने भीआइपी कक्षमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment