Comments Add Comment

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छः मन्त्री राई

Sherdhan rai

२३ माघ, काठमाडौं । सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने बताएका छन् ।

पर्वत–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका रार्इले प्रधानमन्त्रीको भ्रमणका विषयमा शङ्का नगर्न आग्रह गरे ।

प्रधानमन्त्रीको भारत भ्रमणका समयमा नेपालको हितविरुद्ध सन्धि सम्झौता हुन्छ कि भन्ने आशंका सम्बन्धमा देशको गरिमामा आँच आउने खालका कुनै सम्झौता नहुने भएकाले ढुक्क हुन आग्रह गरे । उनले भने, ‘सरकारले गरेका कुरा हावादारी छैनन्, गरिएका सबै बाचा पूरा गर्न सरकार प्रतिबद्ध छ ।’

मुलुकलाई अहिलेको समस्याबाट मुक्ति दिलाउन सरकार सफल हुने दाबी गर्दै मन्त्री राईले यो मुलुकका लागि महत्वपूर्ण उपलब्धि हुने धारणा व्यक्त गरे ।

कठीन अवस्थामा पनि देशको स्वाभिमानलाई जोगाउन सरकार सफल रहेको बताउँदै मन्त्री राईले सरकारलाई कमजोर बनाउन जति प्रयास भए पनि सरकार कमजोर नहुने स्पष्ट पारे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment