Comments Add Comment

सागमा नेपाललाई तेश्रो पदक

सन्देश श्रेष्ठ

SAG-1२३ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेश्रो पदक जितेको छ ।

कुस्तीको महिला तर्फको फ्रि स्टाइल समूहमा नेपालका सरोज यादवले तेश्रो पदक दिलाएका हुन् । उनले श्रीलंकन खेलाडी डब्लू एम सि परेरालाई पराजित गर्दै काश्य पदक दिलाएका हुन् ।

यो स्पर्धामा भारतका रजनिसले स्वर्ण पदक जिते भने पाकिस्तानका नदरले रजत पदक हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment