Comments Add Comment

‘अप्रेसन क्वाक’मा समातिए १२ नक्कली डाक्टर

nakkali-doctor

रमेश धमला

२३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआर्इबी)ले हातमा हत्कडी लाइएका १२ जना अभियुत्तहरु सार्वजनिक गर्‍यो ।

उनीहरु पेशाले डाक्टरहरु थिए, तर नक्कली प्रमाणपत्रधारी । पक्राउ परेका ‘डाक्टरहरु’को एसएलसी र प्रविणता प्रमाण पत्र तहकै सर्टिफिकेट नक्कली भेटिएको छ । र, उनीहरु मध्ये केही सरकारी अञ्चल अस्पतालमा कार्यरत थिए त केही निजी अस्पतालका प्रमुखसम्म ।

कसरी सुरु भयो अप्रेसन क्वाक ?

गत मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको लाइसेन्स दिने परिक्षा लियो । नेपाल आर्मीको मेडिकल कलेजमा लिइएको परीक्षामा थुप्रै परीक्षार्थीहरु सहभागी थिए ।

परिक्षाको क्रममा दुई जना परीक्षार्थी नक्कली भेटिए । अरु कसैको परिक्षा दिन आएका उनीहरु पक्राउ परे ।  मेडिकल काउन्सिलले तीनै नक्कली परीक्षार्थीलाई आधार बनाएर नक्कली डाक्टरको खोजी गर्ने योजना बनाएपछि सुरु भयो ‘अप्रेसन क्वाक’ अर्थात नक्कली डाक्टरको खोजी ।

आठ कक्षा पास गरेका डाक्टर पशुपती चौधरी

केन्द्रिय अनुसन्धान ब्युरोको टोली पुग्दा मोहरङ कटहरीका पशुपति चौधरी इटहरीस्थित पशुपति मोडेल अस्पतालमा काम गरिरहेका थिए ।

उनलाई पक्राउ गर्नु अघि एक जना कर्मचारीलाई विरामी बनाएर चेकअप गर्न पठाएको थियो । चेकअप गर्न पुगेका नक्कली विरामीलाई डाक्टर चौधरीले खकार, पिसाब सबै चेक गर्नु पर्ने बताए । जब केहि नभएको व्यक्तिलाई सबै चेकअप गर्नु पर्छ भने नक्कली डाक्टर चौधरी प्रहरी फन्दामा परे ।

Doctor-list

अनुसन्धानका क्रममा चौधरीले ८ कक्षा मात्रै पास गरेको भेटियो । त्यसपछि डाक्टरसम्मका सबै प्रमाणपत्र नक्कली थिए ।

१२ हजार तिरेपछि आइएसी पास भए

धनुषा जनकपुरका भगवान केटव मल्लाहले केहि वर्षअघि जनकपुरकै आएर एम कलेजमा आइएसी पढे । पटक-पटक परीक्षा दिँदा पनि पास हुन सकेनन् ।

त्यतिकै उनको भारतमा वस्ने सप्तरी राजविराजका एक व्यक्तिसँग भेट भयो । उनैले १२ हजारामा आइएसी पास गरिदिने बताए । कलेजको परिक्षामा सामेल मात्रै भएपछि फष्ट डिभिजनकम पास भएको प्रमाणपत्र हात पर्ने भएपछि भगवानले १२ हजार थमाइदिए र ७५ प्रतिशत अंक ल्याए ।

सिएम साइन्स कलेज मध्यपुर भारतको नाममा निस्किएको आइएसीको सर्टिफिकेट पाएपछि सम्पूर्ण प्रक्रिया पुरा गरेका भगवान ४ वर्षदेखि विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत छन् । त्यहि नक्कली सर्टिफिकेटको आधारमा भगवानले जनकपुर अञ्चल अस्पतालमा करिब डेढ वर्ष मेडिकल अफिर्ससको रुपमा काम गरे ।

धनुषामै रहेको अजित मेडिकल हलमा पनि मेडिकल सुपरभाइजरकै हैसियतमा काम गरे । उनले चीनबाट एमबीबीएस गरेका छन् । तर, त्यहाँबाट फर्किएको २ साता नपुग्दै उनि पक्राउ परेका छन् ।

कलेजै नगई आइएसी पास 

नक्कली डाक्टरको आरोपमा पक्राउ परेका तेस्रा अभियुक्त हुन धनुषाका शैलेन्द्र कुमार महतो । उनले जनकपुरमा राजजानकी डेन्टल क्लिनिक चलाइरहेका छन् । उनी त्यस्ता डेन्टिस हुन्, जसले कलेज नै नगएर आइएसी पासको प्रमाणपत्र पाएका छन ।

भारतको विहारस्थित बारेहरमा आईएसी अध्ययन गर्न गएका शैलेन्द्र एक दिन पनि कलेज गएननर । तर, प्रथम श्रेणीमा पास भएको आइएसीको पत्रमाणपत्र बोकेर नेपाल फर्किए ।

उनले त्यो प्रमाणपत्र कतिमा खरिद गरे खुलाउन चाहेनन । यति भने-‘म भर्ना गर्न र फर्म बुझाउन मात्रै कलेज गएको थिएँ । डाक्टर बन्दासम्म ६-७ लाख खर्च भयो ।’

नक्कली डाक्टर नै एमबिबिएस पढाउने

अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्रका आधारमा नै रुसबाट एमडी पास गरेकी बिनिता यादवले कलेज अफ मेडिकल साइन्सेस भरतपुर, चितवनमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई समेत पढाइरहेको पाइएको छ ।

यसरी विभिन्न अस्पतालमा काम गरिरहेका नक्कली प्रमाणपत्रधारी १२ डाक्टर पक्रउ परेको छ । यसले आम जनताको स्वाथ्यमा कति खेलबाड भइरहेको छ भन्ने उदाङ्गो पारेको छ ।

यो सुरुवात मात्रै हो: डीआइजी मल्ल

नक्कली प्रमाणपत्रधारी डाक्ठर पक्राउ परेपछि सीआइबीका प्रमुख डीआइजी हेमन्त मल्लले नक्कली डाक्टरहरुलाई नक्कली प्रमाण पत्र बनाइदिने गिरोहको खोजी हुने बताए । उनले भने-यो पहिलो प्रहार हो । योसँग जोडिएका अन्य अपराध र नेक्सस खोज्न जरुरी छ ।’

यसले नेपालमा संगठित रुपमा स्वास्थ्य क्षेत्रमा भइरहेको अपराधको स्वरुप बाहिर ल्याएको उनले बताए । नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका सयौं डाक्टरहरुको सूचीबाट नक्कली प्रमाणपत्रधारी डाक्टरहरुको खोजी गरिएको डिआइजी मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment