Comments Add Comment

साग फुटबलमा नेपालले आइतबार भुटानसँग खेल्ने

Saf-Football

२३ माघ, गुवाहटी । १२औं दक्षिण एसियाली साग खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा हुनेछ । नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य पनि भुटानलाई पराजित गर्दै सुखद सुरुवातका साथ सेमिफाइनलमा प्रवेश गर्ने दाबी गर्छन् ।

भुटानलाई पराजित गर्न सके नेपाल समूह बीबाट सेमिफाइनलमा पुग्नेछ । त्यसकारण पनि नेपालका लागि भुटानसँगको खेल महत्वपूर्ण छ ।

नेपालले ११ तारिखमा बंलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment