Comments Add Comment

माइभ्याली गोल्डकप उपाधि झापा ११ लाई

२३ माघ, इलाम । इलाममा आयोजित टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उपाधि झापा–११ ले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा विभागीय टीम एपिएफलाई ०–२ गोलले पराजित गर्दै झापाले उपाधि जितेको हो ।झापाको जितमा २५ औं मिनेटमा विशाल राई र ७५ औं मिनेटमा झापाका योगेश गुरूङले दोस्रो गोल गरेका थिए ।

उपाधिसहित झापा ११ ले तीन लाख ५० हजार हात पारेको छ भने उपविजेता एपिएफले एक लाख ७५ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी झापाका गोलरक्षक किशोर गिरी घोषित हुँदै ३० हजार प्राप्त गरे । पूर्वी पहाडको सबैभन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment