Comments Add Comment

सार्थक सम्वादमा आउन राजेन्द्र महतोलाई प्रचण्डको आग्रह

Prachanda-with-Rajendra-Mahato

२३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा आन्दोलनरत दलको माग वार्ता र सम्वादबाटै समाधान हुने बताएका छन् ।

शनिबार आफ्नै निवास लाजिम्पाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई बोलाएर प्रचण्डफे वार्ता र संवादमार्फत आन्दोलनको समाधान गर्न सकिने भएकाले त्यसका लागि नै प्रयन्त गर्नुपर्नेमा जोड दिए ।

उनलेविवादित विषयका रुपमा रहेको प्रदेशको सीमाङ्कनको विषयसमेत छलफल र संवादका माध्यमबाट सहमतिमा पुग्न सकिने र उच्चस्तरीय राजनीतिक समितिमार्फत टुङ्गो लगाउन सकिने भन्दै अध्यक्ष महतोलाई सकारात्मक वातावरण बनाउन आग्रह गरे ।

जवाफमा महतोले आन्दोलनबाट जनताले सास्ती पाएकाले पूर्व घोषित कार्यक्रममा पुनर्विचार गरी वार्तामा बस्न तयार रहेको बताएका छन् ।

संवाद र छलफलबाट नै सहमतिमा पुग्न आफूहरु पनि तयार रहेको भन्दै मधेसी मोर्चाका नेता महतोले सकारात्मक वातावरण तयार गर्न उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका प्रचण्ड लाई अनुरोध गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment